लकडाउनलाई इमानदारीसाथ पालना गर्न कांग्रेस तिलोत्तमाको ध्यानाकर्षण।

लकडाउनलाई इमानदारीसाथ पालना गर्न कांग्रेस तिलोत्तमाको ध्यानाकर्षण।

तिलोत्तमा

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन र जुध्न सहज होस भनेर नेपाल सरकारले लकडाउन घोषणा गर्नु स्वभाविक थियोे ।
लकडाउनको मारमा परेका वर्गलाई राहत वितरण एकलौटी नगरी नगरभित्रका सर्वदलीय र सर्वपक्षीय समितिमार्फत लक्षित वर्गको पहिचान गरि राहत वितरण गर्न नेपाली कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेले नगरपालिलाई विज्ञप्ति मार्फत आग्रह गर्नु भएको छ।
छिटपुट घटना बाहेक यस तिलोत्तमा नगरमा पनि लकडाउनलाई अधिकतम पालना गरेकोमा सबै तिलोत्तमावासी दिदिबहिनी दाजुभाइलाई हार्दिक धन्यवाद दिदै ठुलो जोखिमबाट जोगिन आजको यो कष्ट उठाउनु हामी सबैको कर्तव्य हो, अत घर भित्रै बसेर सुरक्षित रहन र लकडाउनलाई इमानदारीसाथ पालना गर्न नेपाली कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेले सबै नगरवासीलाई हार्दिक अनुरोध गर्नु भएको छ।
आज प्रेस विज्ञप्ति निकाल्दै सभापति पाण्डेले लकडाउनका कारण विभिन्न बर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृस्टिगत गरेर तत्काल आवश्यक निर्णय गर्नुपर्ने बिषयमा स्थानीय सरकार संग कुरा गरिसकेको भएता पनि सार्वजनिक अपिलसाथ माग राख्दै पुन स्थानीय सरकारको ध्यानाकर्षण गराईएको बताउनु भयो ।
विश्वमा कोरोना भाईरस १९ कोभिट महामारी लाई निर्मुल पार्नका लागी नेपाल सरकारले गरेको निर्णयलाई सहर्ष पालना गरेका नागरिक लाई यो अवस्थामा उपचारमा निरन्तरता दिने वातावरण बनाउन नगर सरकार संग आग्रह गरेको नेपाली कांग्रेस तिलोत्तमा नगर सचिव शिव प्रसाद गैरेले बताउनु भयो।
प्रेस विज्ञप्ति बुदागत धारणा हरु जस्ताको तस्तै
१.कोरोना भाईरस मानवबाट मानवमा शरिरमा फैलिने भएको हुँदा सरकारद्वारा घोषित बन्द लकडाउन पूर्ण रुपमा पालना गर्न जरुरी छ ।
२ .लकडाउनको अवस्थामा खाद्यपदार्थ र अन्य औषधीको खरिद तथा वितरण गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिको बीचमा एक मिटरको दुरी कायम गर्न जरुरी छ ।
३. दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरि तत्काल बिशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु। दिनभर काम गरेर सांझ खाने बर्गलाई नै लकडाउनले सबैभन्दा बढी असर पुर्‍याएको छ।
४ .स्वास्थ्यकर्मिहरुका लागि अनिवार्य पीपिइको प्रबन्ध समयमै गर्न नसक्नु आजको सरकारको सबैभन्दा ठूलो कमजोरी र लाचारी हो विश्व स्वास्थ संगठनले सचेत हौ भनेर अपिल गरेको महिना दिन पुगिसक्दापनी स्वास्थ्यकर्मिले अझै पर्याप्त पीपिइ नपाउनु लज्जास्पद कुरा हो यथासिघ्र संभावित संक्रमितको परिक्षण एवं संक्रमितको उपचारमा संलग्न हुने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य कर्मचारीलाई सहयोग गरी उनीहरुको आत्मबल बढाउन प्रेरित गर्ने ।
५ .लकडाउनमा घरभित्र बसेका जनतालाई संक्रमणको कुनै आशंका हुनासाथ घरबाटै सावधानी पुर्वक ल्याएर परिक्षण केन्द्रमा पुर्‍याउने ब्यवस्था गर्न म सम्वन्धित निकायलाई आग्रह गर्दछु त्यसरी आइसोलेसन र संक्रमित देखिए सुरक्षित उपचारको ब्यवस्थाले मात्रै सम्बन्धित ब्यक्तिबाट अन्यमा फैलिन रोक्न सकिन्छ । केहि निजि अस्पताल तथा स्वास्थ्य संस्थाहरुले ज्वरो लगायतका अन्य विरामीहरुलाई गेटबाट फिर्ता गरेको समाचार आइरहेको समयमा निजि अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई पनि गम्भिर भइ सेवा प्रदान गर्न जरुरी छ ।
६ .स्थानीय टोलमा बाहिरबाट आएका व्यक्तिहरुको जानकारी राख्ने र क्वारेन्टाईनमा राख्ने व्यवस्थका लागि स्थानीय जनप्रतिनिधिलाई प्रेरित गर्ने ।
अन्तमा यस विषम परिस्थितिमा सम्पूर्ण तिलोत्तमावासीहरु एक जुट भई धैर्यताका साथ चुनौतीको सामना गर्न नेपाली काँग्रेस तिलोत्तमा नगरसमिति रुपन्देही हार्दिक अपिल गर्दछौं।

प्रकाशित मिति : आइतबार, चैत्र २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij