काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड१९ लाई फैलिन नदिन जारी लकडाउन तत्काल नखुल्ने स्पष्ट पार्नुभएको छ। आजसिंहदरबारस्थित एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो संवादमा प्रधानमन्त्री ओलीले लकडाउन अझै लम्बिने बताउनुभएको हो। बिहान साढे ११ बजेदेखि दिउँसो साढे ३ बजेसम्म चार घण्टा चलेको भिडियो संवादका क्रममा प्रधानमन्त्रीले सीमामा अझै कडाइ गर्ने प्रष्ट पार्नुभएको छ। सरकारले अहिले भारतीय सीमामा प्रत्येक किलोमिटरको दरमा सशस्त्र प्रहरी खटाएर गस्ती गरिरहेको छ। ुलकडाउन छिट्टै अन्त्य हुँदैन। सरकारले सीमामा अझ कडाइ गर्छ। भावुक कुरा गरेर लापरबाही स्वीकार्य हुँदैनु, उहाले मुख्यमन्त्रीहरुसँगको संवादमा भन्नुभयो संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको छ। भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन। यसमा नरम बनेर लापरबाही नगर्नु होला, यो कुरामा सचेत रहनुस्।ु प्रधानमन्त्री ओलीले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको पनि प्रष्ट पारेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक छैनु उहाले भन्नुभयो ुसरकार स्वयंले अथोरिटीका साथ काम गरिरहेको छ। १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो कसैले नगर्नुस्।ु भिडियो संवादका क्रममा प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आ(आफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासहरूको स्थिति जानकारी लिनुभएको थियो। उहाले सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको स्पष्ट पार्नुभएको छ। सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको छु, ओलीले भन्नुभयोअनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट आमनेपाली दाजुभाइ दिदी बहिनी कोही पनि प्रभावित नहुनुस्।ु ओलीले लकडाउनमा प्रशासनिक लापरबाही हुनै नहुनेमा जोड दिनुभयो। मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्छु, उहाले भन्नुभयो त्यसका लागि केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गर्दैछौं।ु उहाले जनतालाई दुख दिन नभइ जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन आग्रह गर्नुभयो। ओलीले सरसफाईमा ध्यान दिन, मास्क र चश्मा प्रयोग गर्न तथा मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि आग्रह गर्नुभएको छ।
प्रकाशित मिति : शनिबार, चैत्र २९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्