काेराेना भाइरस : सङ्क्रमित बिरामीमध्ये उच्च जाेखिममा निकै कम

काेराेना भाइरस : सङ्क्रमित बिरामीमध्ये उच्च जाेखिममा निकै कम

काठमाण्डाै – कोरोना भाइरस (काेभिड १९) ले विश्वव्यापी रूप लिँदै जाँदा संसारभरिका मानिस यसको सङ्क्रमण आफूलाई पनि होला भन्ने आशङ्काले भयग्रस्त हुनु स्वाभाविक हो ।कोरोनाको अहिलेसम्म औषधि र खोप दुवै पत्ता लागिसकेको छैन । औषधि वा खोप पत्ता नलागेको अवस्थामा सङ्क्रमित भएर ज्यान नै जोखिममा कसले पारोस् ? तर कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढिरहे पनि उच्च जोखिममा रहेकाहरूको सङ्ख्या भने एकदम कम रहेको देखिएको छ ।

विश्वभर सङ्क्रमितहरूको सङ्ख्या २१ लाख ५९ हजारभन्दा धेरै छ, जसमध्ये गम्भीर बिरामी परेकाहरूको सङ्ख्या ५६ हजार ५ सय ७७ मात्र छ । यो सङ्ख्या उपचार गराइरहेका १४ लाख ८७ हजार सात सय ५२ जनाको चार प्रतिशत मात्रै हो । बाँकी १४ लाख ३१ हजार एक लाख ७५ जनालाई भने कोरोना भए पनि अवस्था सामान्य रहेको वल्डाेमिटरले जनाएको छ ।

विश्वका दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २१ लाख ७९ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये पाँच लाख ४६ हजार सात सय ४३ जना निको भएका छन् । एक लाख ४५ हजार जनाको भने ज्यान गएको छ ।

गएको २४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार ९ सय ३६ जनाको ज्यान गएको छ भने ९३ हजार पाँच सयभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् ।

थप दुई हजार एक सयभन्दा धेरैको ज्यान गएसँगै अमेरिकामा मात्रै ३४ हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । ६ लाख ७७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै इटलीमा २२ हजारभन्दा धेरै, स्पेनमा १९ हजारभन्दा धेरै, फ्रान्समा १७ हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या चार सय ४८ पुगेको छ भने १३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : शुक्रबार, बैशाख ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij