सैनामैना नगरपालिकाको लकडाउनलाई थप कडाई गर्ने निर्णय

सैनामैना नगरपालिकाको लकडाउनलाई थप कडाई गर्ने निर्णय

सैनामैना ।

रुपन्देहीको सैनामैना नगरपालिकाले लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको छ ।

सैनामैना विपद् तथा व्यवस्थापन समितिको आज बसेको बैठकले विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड–१९ ) को उच्च जोखिम बढेकोे भन्दै सरकारले देशभर लकडाउन गरेको अवस्थामा पनि पुर्ण रुपमा नागरिकले लकडाउनको पालना नगरेकाले लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको हो ।

सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले नगरमा लकडाउनको समयमा बिहान साँझ अनावश्यक रुपमा मानिसहरु हिड्डुल गर्ने, सवारी साधन चलाएर हिड्ने कार्य बढेकाले थप कडाई गर्न विपद् तथा व्यवस्थापन समितिको बैठकले विभिन्न निर्णयहरु गरेको जानकारी गराउनुभयो ।

कार्कीका अनुसार लकडाउन उल्लङ्घन गर्नेलाई सैनामैना वडा नं १ मा रहेको पद्मपाणी योग तथा प्राकृतिक चिकित्सालयमा निर्माण गरिएको कोरोना अस्थायी अस्पतालको क्वारेन्टिनमा राख्ने निर्णय समेत गरिएको छ ।

त्यस्तै बैठकले नगर भित्र रहेका दैनिक उपभोग्य वस्तु विक्री गर्ने विभिन्न व्यवसायहरुमा मुल्य एकरुपता नभएको पाइएकोले सघन अनुगमन गर्ने निर्णय गर्नुका साथै दैनिक उपभोग्य वस्तुहरुको सरल व्यवस्थापन गर्न सैनामैना व्यपार संघ तथा सैनामैना उद्योग वाणिज्य संघलाई जिम्मेवारी प्रदान गर्ने भएको छ ।

यसैगरी अति आवश्यक औषधि (दिर्घ रोगीहरुको लागि) खाद्य संकटमा परेका परिवारको लागि नगरका स्वास्थ्य संस्था मार्फत निशुल्क र अन्य परिवारको लागि नीजि स्वास्थ्य सेवा प्रदायक क्लिनीक मार्फत सःशुल्क उपलब्ध समेत निर्णय गरिएको नगर उपप्रमुख बिना रानाले बताउनुभयो ।
नगरपालिका मार्फत सञ्चालन भएका अति आवश्यक योजना कार्यन्वयनका लागि आवश्यक श्रमिकहरुलाई निर्माण व्यवसायीले आवासीय सुविधा व्यवस्थापन गरि सञ्चालन गर्ने निर्णय समेत गरिएको उपप्रमुख रानाको भनाइ छ ।

नगरपालिका भित्र कृषि कार्य गर्ने सम्पुर्ण नगरबासिहरुले बाह्य जनशक्ति प्रयोग नगरी घरपरिवार मिलेर सुरक्षित तरिकाले कार्य गर्न नगरपालिकाले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, बैशाख ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij