काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले लकडाउनका कारण समस्यामा परेका विद्यार्थीहरूलाई राहत वितरण गरेको छ ।
संगठनको ५१औं स्थापना दिवसको अवसर पारेर नेविसंघले शनिबार काठमाडौंका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई खाद्यान्न वितरण गरेको हो । नेविसंघका महामन्त्री दीपक भट्टराईले सानोठिमी क्याम्पस, कोटेश्वर क्याम्पसलगायत विभिन्न क्याम्पसमा अध्ययनरत झन्डै दुई सय विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरेको जानकारी दिए ।
यसअघि गत बिहीबार नेविसंघका अध्यक्ष राजीव ढुंगानाले गत बिहीबारसर्कुलर जारी गर्दै जिल्ला समिति र क्याम्पस एकाइहरुलाई कोरोना भाइरसका कारण डेरामा रहेका विद्यार्थीलाई सहयोग गरेरस्थापना दिवस मनाउन निर्देशन दिएका थिए ।
प्रकाशित मिति : शनिबार, बैशाख ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्