संजिवनीको आकस्मिक रक्तदान,४५ युनिट रगत संकलन

संजिवनीको आकस्मिक रक्तदान,४५ युनिट रगत संकलन

बुटवल-लक डाउनको बेला ब्लड बैकमा रगत अभाव रोक्न आकस्मीक रक्तदान गरिएको छ । नेपाल रेडक्रस सोसाईटी, रक्त संचार केन्द्र बुटवलले ठाउठाउमा स्थानिय स्वयंसेवी मार्फत समन्वय गरि रक्तदान कार्यक्रम गरेको हो ।

शनिबार देविनगरस्थित संजिवनी टोलविकास संस्थाले छैटौ बार्षिक नियमित रक्तदान कार्यक्रम गरेको छ । वार्षिक कार्य अन्तरगत संस्थाले रक्तदान गरेको अध्यक्ष देव बहादुर थापाले बतानुभयो । स्वस्थ्य सुरक्षालाई अप्नाएर गरिएको कार्यक्रममा ४५ युनिट रगत संकलन भएको उहाले बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका वडा सदस्य रण बहादुर थापा, नेपाल रेडक्रस सोसाईटी प्रदेश ५ का महासचिव कृष्ण पंगेनी, ने रे सोसाईटी रुपन्देहीका सभापति प्रेम उदास, चौपारी टोल विकास संस्थाका राजु गुरुङ, सल्लाहकार नरेन्द्र कुमार शर्माले अतिआवश्यक रगत अभाव रोक्न आकस्मिक रक्तदान कार्यक्रम जारी रहेको बताउनुभयो । स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले आकस्मिक रक्तदानमार्फत रगत संकलन जारी रहेको जानकारी दिनुभयो । डायलोसिस, प्लाष्टिक एनिमिया र थालिसिमियाका गरि ३ प्रकारका बिरामीबाट रगतको माग रहेको उहाले बताउनुभयो
।

प्रकाशित मिति : शनिबार, बैशाख ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij