लकडाउन उल्लङ्घन गर्दै मस्जिदमा नमाज पढ्ने १४ जना कपिलवस्तुबाट पक्राउ

लकडाउन उल्लङ्घन गर्दै मस्जिदमा नमाज पढ्ने १४ जना कपिलवस्तुबाट पक्राउ

कपिलवस्तु- लकडाउन उल्लङ्घन गर्दै मस्जिदमा नमाज पढ्ने १४ जना कपिलवस्तुबाट पक्राउ परेका छन् ।

कपिलवस्तुको मायादेवी गाउँपालिका-७ स्थित मस्जिदमा सामूहिक नमाज पढ्ने १४ जनालाई आइतबार दिउँसो १ बजे प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय, बकडीबाट गएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने सबै मायादेवी गाउँपालिका-७ का स्थानीय हुन् ।

लकडाउनको समयमा मस्जिदमा प्रार्थना नगर्न पटक-पटक गरिएको आग्रह पालना नगरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका एसपी दीपशमशेर राणाले  जानकारी दिए ।

उनीहरूलाई अहिले तौलिहवा वडा प्रहरी कार्यालयमा राखिएको छ । प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर उनीहरूलाई के गर्ने भन्नेबारे निर्णय हुने एसपी राणाले जानकारी दिए ।

कोरोना भाइरसविरुद्ध लड्न सरकारले लकडाउनको घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले धार्मिकस्थलमा भिडभाड नगर्न सार्वजनिक अपिल गर्दै आएको छ । प्रशासनको आग्रहपछि पनि मस्जिद, मन्दिरलगायतमा भिडभाड बढेपछि नियन्त्रण प्रयास थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, बैशाख ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij