दाङ – घोराही उपमहानगरपालिका-१३ मा रहेको जलजला इँटा उद्योगबाट शुक्रबार भारतीय श्रमिकहरुलाई घोराही फिर्ता गरिएको छ ।भागेर हिड्दै नेपाल–भारत सीमा क्षेत्रको भौका नाकाबाट भारत जान थालेका उनीहरुलाई अमिलिया प्रहरीले नियन्त्रणमा लिई घोराही फिर्ता गरेको हो । फिर्ता गरिएका भारतीय श्रमिकहरुलाई आइतबार जलजला इँटा उद्योगको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायबउपरिक्षक एव प्रवक्ता सुमित खड्काले जानकारी दिनु भयो ।
लामो समय लकडाउनका कारण रोजगारीका लागि दाङका इटा उद्योगहरुमा काम गर्न आएका झन्डै ७ हजार बढि भारतीय श्रमिकहरु समस्यामा परेका छन । उद्योग बन्दभएपछि कामविहीन भएका उनीहरुलाई खान बस्नसमेत समस्या पर्दै गएको छ ।
लकडाउनका कारण उद्योग बन्द हुदा मालिकले पैसा नदिने र घर जानसमेत नसक्ने अवस्था हुँदा उनीहरुको दैनिक जीवन कष्टकर बन्दै गएको छ । जिल्लाका ३६ वटा इटा उद्योगहरुमा भारतीय कामदार रहेका छन् ।
प्रकाशित मिति : आइतबार, बैशाख ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्