बुटवल
बुटवल–१२ स्थित चारपाला सामुदायिक वन उपभोक्ता समुहले जिल्लाका तीन वटा स्थानीय तहलाई आर्थिक सहयोग गरेको छ । आफ्नो क्षेत्रका उपभोक्तालाई राहत वितरणका लागि भनेर वनले बुटवल उपमहानगरपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकालाई नगद १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको छ । बुटवललाई ७० हजार, शुद्धोधनाई ६० र सियारी २० हजार उपलब्ध गराएको वनका कार्यालय सचिव विनोद आचार्यले जानकारी दिए ।
वनले देशका विभिन्न ठाउँबाट बुटवलको केएनआइटीको क्वारेन्टाइनमा बसेका १ सय ५० जना मजदुरलाई पनि खाना खुवाउँदै छ । वनका १४ हजार उपभोक्ता छन । चारपाला देशकै ठूलो वन अन्तरर्गत पर्छ । लकडाउनको मौका छोपेर वनमा चोरी र काठ दाउरा काटने व्यक्तिहरु बढेकोले गस्ती बढाइएको वनका अध्यक्ष ओमप्रकाश ठाकुरले जानकारी दिए ।
प्रकाशित मिति : आइतबार, बैशाख ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्