काठमाडौं
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासनमा अस्थायी प्रतिबन्ध घोषणा गरेका छन्। सोमबार राती ट्रम्पले अमेरिका आप्रवानमा अस्थायी रोक लगाउनेसम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने बताएका हुन्। ट्रम्पले इन्टरनेट सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘अदृश्य दुस्मनले हामीलाई आक्रमण गरिरहेको छ, महान अमेरिकी जनताको रोजगारी सुरक्षा गर्न आवश्यक छ, संयुक्त राज्य अमेरिकामा आप्रवासन रोक्ने कार्यकारी निर्देशनमा म हस्ताक्षर गर्न जाँदैछु। आप्रवासन प्रतिबन्ध कहिलेसम्म लम्बिन्छ भन्ने स्पष्ट भएको छैन। अमेरिकी सीमाभित्र आइसकेका र ग्रीन कार्ड लिइसकेकालाई ट्रम्पको यो निर्णयले पार्ने प्रभावबारे पनि हालसम्म अमेरिकी अधिकारीहरुले प्रष्ट पारेका छैनन्। यतिखेर अमेरिका कोरोना महामारीको सबैभन्दा भयानक चपेटामा फसेको छ।
प्रकाशित मिति : मंगलबार, बैशाख ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्