‘लकडाउन’ हटाउन हतार नगरौँ: विश्व स्वास्थ्य सङ्गठन

‘लकडाउन’ हटाउन हतार नगरौँ: विश्व स्वास्थ्य सङ्गठन

काठमाण्डौ
विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले कोरोना भाइरस ९कोभिड १९० को सङ्क्रमण फैलिन नदिन लगाइएको प्रतिबन्ध र लकडाउन एकैपटक नभइ बिस्तारै हटाउँदै जानुपर्ने बताएको छ ।
विश्वका विभिन्न देशहरु आफूखुसी लकडाउन हटाउने निष्क्र्शमा पुगेको सन्दर्भमा विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिँदै चरणगत रुपमा लकडाउन हटाउन सुझाव दिएको हो । कतिपय देशले त आंशिक रुपमा प्रतिबन्ध हटाइसकेका छन् ।
मङ्गलबार विश्व स्वास्थ्य सङ्गठनले हतार र सही समयअघि नै लकडाउन हटाइए कोरोना भाइरसको सङ्क्रमण थप फैलिन सक्ने भन्दै सचेत गराएको हो ।

सङ्गठनका क्षेत्रीय निर्देशक ९पश्चिमी–प्रशान्त० ताकेशी कसाईले भने, ‘जबसम्म कुनै खोप बन्दैन या कुनै उपचारको पहिचान हुँदैन, लकडाउन हाम्रो लागि ‘न्यु नर्मल’ हुनुपर्छ किनकि यसबाट फाइदा भएको प्रमाण पनि भेटिएको छ ।’ ‘जो कुनै सरकार लकडाउन हटाउन चाहन्छ भने बिस्तारै चरणगत रुपमा हटाउँदै स्थितिलाई पनि ध्यान दिनुपर्छ’, उनले भने । जापान र सिङ्गापुर जस्ता देशका कोरोना भाइरस सङ्क्रमणको दोस्रो चरणको अवस्था देखिएको छ

प्रकाशित मिति : मंगलबार, बैशाख ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij