बुटवल – सरकारले ल्याएका दुई अध्यादेश फिर्ता गर्न माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शुक्रबार विरोध प्रदर्शन गरेको छ । नेविसंघले काठमाडौं उपत्यकासहित देशैभर विरोध प्रदर्शन गरेको हो ।
राजनीतिक दल विभाजन खुकुलो बनाउने र प्रतिपक्षी दलको नेता उपस्थित नहुँदा पनि बैठक बसी निर्णय गर्न सक्ने गरी सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ताको माग गर्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो ।
देशब्यापी विरोध कार्यक्रम अन्तर्गत नेविसंघले रुपन्देहीको बुटवलमा पनि विरोध प्रदर्शन गरेको छ । सामाजिक दुरी कायम गर्दै बुटवलको महेन्द्रपार्कमा नेबिसंघले बिरोध प्रदर्शन गरेको हो ।
बिबादास्पद अध्यादेश फिर्ता गर, निरंकुशतन्त्र मुर्दाबाद, जनताको जीनव रक्षामा ध्यान दे, गैरकानुनी काम बन्द गर लगायतका प्ले कार्ड बोकेर नेविसंघका नेता कार्यकर्ताहरु बिरोध प्रदर्शनमा उत्रिएका हुन् ।
कोरोना महामारी रोकथाम गर्नुपर्ने बेलामा देशमा अस्थिरता ल्याउन सरकारले विधेयक ल्याएको र संविधानको बिरुद्धको विधेयक फिर्ता नभएसम्म आन्दोलन नरोकिने नेविसंघका केन्द्रिय उपसभापति मुक्तिराज पौडेलले बताउनु भयो ।
बिरोध प्रदर्शनमा नेविसंघ जिल्लाका नेता तथा बुटवलमा रहेका कलेजहरुका नेविसंघ नेताहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्