बुटवल- नेपाल एसबिआई बैंकले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कोषमा पाँच लाख रुपैया सहयोग गरेको छ ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा विपतमा परेका परिवारहरूलाई राहत वितरणमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश ५ले स्थापना गरेको राहत कोषमा सहयोग गरेको हो ।
शुक्रबार बैंकका बुटवल शाखा प्रमुख सुदिप कुमार अर्यालले प्रदेश ५ का सामाजीक बिकास मन्त्री सुदर्शन बराललाई उक्त चेक हस्तान्तरण गर्नुभएको हो ।
त्यस अवसरमा मन्त्री बरालले राहत कोषमा सहयोग गरेकोमा बैंकलाइ धन्यवाद दिंदै विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोनाको रोकथामका लागि सरकारको एकल प्रयासले मात्र सम्भव नहुने र सबैको साथ र सहयोगको आवश्यकता औंल्याउनुभएको थियो ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्