कञ्चनले १८ लाख ४५ हजार रुपैया बराबरको राहत बितरण

कञ्चनले १८ लाख ४५ हजार रुपैया बराबरको राहत बितरण

 

कञ्चन

कञ्चन गाउपालिकाले गाउपालिकाका ५ वटै वडामा गठित बिभिन्न टोलबिकास संस्थाहरुको समन्वयमा बिपन्न घरपरिवारहरुको बिबरण संकलन गरी पहिलो र दोश्रो पटक गरी १ हजार ९ सय २५ बिपन्न घरपरिवारलाई राहत उपलब्ध गराएकोछ । बिश्वभर कोरोना भाइरस कोभिड १९को सम्भाबित संक्रमणलाई रोकथाम गर्न देशभर गरिएको लकडाउनबाट प्रभाबित करिब २ हजार बिपन्न घरपरिवारलाई २ सय ८८ क्वीन्टल ७५ किलो बराबरको चामल राहत स्वरुप खाध्यान्न बितरण गरेको हो ।

प्रति बिपन्न परिवारलाई १५ किलो चामल सहित १ किलो मिश्रित दाल,१ किलो नुन र १ लिटर सोयाबिन तेल राहत स्वरुप उपलब्ध गराएको थियो ।राहात सामाग्री खरिदका लागि गाउपालिकाले खुल्ला दररेट सार्बजनिक गरेको थियो । कञ्चन गाउपालिकाल चामल (गोरखनाथ मसिनो) जयश्वाल गल्ला स्टोर कञ्चन–२,रुपन्देहीबाट प्याकेजिङ सहित प्रति किलो ४५ रुपैयामा खरिद गरेको थियो भने कञ्चन गाउपालिकामा रहेका बिपन्न घरपरिवारलाई करिब १८ लाख ४५ हजारको राहत सामाग्री उपलब्ध गराएको थियो ।

पहिलो चरणमा ९ सय ४८ र दोश्रो चरणमा ९ सय ७७ जना गरी १ हजार ९ सय २५ बिपन्न घरपरिवारलाई राहत उपलब्ध गराउन पौडेल जनरल स्टोर्सबाट मिस्कट दाल प्रति किलो ९२ रुपैया र आयो नुन प्रति किलो १९ रुपैया तथा हात धुने लाइफ ब्वाय साबुन प्रति पिस २६ रुपैया ८० पैसामा खरिद गरेको थियो भने सोयाबिनको तेल प्रति लिटर १ सय ४६ रुपैयामा खरिद गरेको थियो ।

कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीका अनुसार १ हजार ९ सय २५ किलो नुन,मिस्कट दाल र सोयाबिनको तेल खरिद गरेको थियो ।जसमध्ये१ लाख ७७ हजार १ सय रुपैयाको मिस्कट दाल,३६ हजार ५ सय ७५ रुपैयाको नुन र २ लाख ८१ हजार ५० रुपैयाको सोयाबिन तेल खरिद गरी राहत बितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : शनिबार, बैशाख १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij