सांसद अपहरण काण्डमा संलग्‍नलाई कारबाही गर्न ६ विद्यार्थी संगठनको माग

सांसद अपहरण काण्डमा संलग्‍नलाई कारबाही गर्न ६ विद्यार्थी संगठनको माग

काठमाडौं ।

सांसद अपहरण काण्डमा संलग्‍न व्यक्तिलाई तत्काल कारबाही गर्न विभिन्‍न ६ विद्यार्थी संगठनहरुले माग गरेका छन् ।

नोभेल कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउनमा भएका बेला राजनीतिक दल विभाजन गराउने योजना बनाइ सांसद अपहरण गरिएकोप्रति नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ, अखिल क्रान्तिकारी, राप्रवि संघ र अखिल (क्रान्तिकारी) ले संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल कारबाही गर्न माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा दुईजना सत्तारुढ दलका सांसदसहित पूर्वआईजीपी सर्वेन्द्र खनालले जनकपुरबाट पूर्वमन्त्री डा. सुरेन्द्र यादवको अपहरण गरेर काठमाडौं ल्याएर पार्टी फुटाउन दबाब दिएको आरोप लगाइएको छ ।

छ विद्यार्थी संगठनले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “सबै राजनीतिक दल तथा सम्पूर्ण जनता एकताबद्ध भई कोरोना महामारीविरुद्ध लडिरहेको यस गम्भीर क्षणमा नेपाली राजनीतिलाई नै बदनाम गर्ने तथा लोकतन्त्रलाई कमजोर पार्ने यो आपराधिक तथा लज्जाजनक कार्यको हामी घोर भर्त्सना गर्दछौं । सांसदलाई जबर्जस्ती मानसिक दवाब दिने आपराधिक कार्यमा संलग्न सम्पूर्णलाई कानुनी कारबाहीको दायरामा ल्याई हदैसम्मको कारबाही गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं ।”

राजनीतिलाई विकृत बनाई नेपाली जनतालाई राजनीतिक क्षेत्र प्रति नै वितृष्णा गराउने गरी घटाइएको यस अपहरण काण्डमा संलग्न रहेकाहरुलाई सरकारले कारबाही नगरे हामी आफैं कारबाही गर्न बाध्य हुनेसमेत जनाइएको छ ।

प्रकाशित मिति : शनिबार, बैशाख १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij