विश्वमा कोरोना :२९ लाख ६८ हजार संक्रमित, २ लाख ६ हजारको मृत्यु

विश्वमा कोरोना :२९ लाख ६८ हजार संक्रमित, २ लाख ६ हजारको मृत्यु

काठमाडौं- विश्वमा कोरोना संक्रमणका कारण मृत्यू हुनेको संख्या २ लाख ६ हजार नाघेको छ । सोमबार विहान सम्मको तथ्याङ्क अनुसार कोरोना संक्रमण हुनेको संख्या २९ लाख ६८ हजार ६ सय २७ र मृतकको संख्या २ लाख ६ हजार ९ सय ७३ पुगेको हो ।

वल्डोमिटरस्को विहान सम्मको तथ्याङ्क अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ ९ लाख ६४ हजार ९ सय ३७ पुगेको छ।

त्यस्तै, स्पेनमा २ लाख २६ हजार ६ सय २९, इटालीमा १ लाख ९७ हजार ६ सय ७५, फ्रान्समा १ लाख ६२ हजार २ सय २०, जर्मनीमा १ लाख ५७ हजार ७ सय ७०, बेलायतमा १ लाख ५४ हजार ३७, टर्कीमा १ लाख १० हजार १ सय ३० लाई संक्रमण पुष्टि भएको छ।

विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार ४ सय २ पुगेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ मृत्यु हुनेको संख्या ५५ हजार नाघेको छ।

त्यस्तै, इटालीमा २६ हजार ६ सय ४४, स्पेनमा २२ हजार ८ सय ५६, बेलायतमा २० हजार ७ सय ३२ को मृत्यु भइसकेको छ। संक्रमितहरु निको हुने क्रम पनि बढेको छ। हालसम्म ८ लाख ६४ हजार १ सय २२ जना निको भइसकेका छन्।

नेपालमा पनि ५२ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।

प्रकाशित मिति : सोमबार, बैशाख १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij