र्‍यापिड डायग्नोस्टिक टेस्ट [आरडीटी] रोक्न कांग्रेसको माग

र्‍यापिड डायग्नोस्टिक टेस्ट [आरडीटी] रोक्न कांग्रेसको माग

 

नेपाली कांग्रेसले र्‍यापिड डायग्नोस्टिक टेस्ट [आरडीटी] रोक्न माग गरेको छ ।कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारीले पूर्व स्वास्थ्यमन्त्रीहरू र विज्ञहरूसँग गरेको छलफलले परीक्षणलाई समुदाय स्तरमा पुर्‍याउनुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘र्‍यापिड टेस्टको विश्वसनीयतामा विश्वव्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनुपर्छ र पीसीआरकै क्षमता र दायरा बढाइनुपर्छ ।’

र्‍यापिड टेस्टले दिने नतिजाको विश्वसनीयतामा प्रश्न उठिरहेका बेला कांग्रेसले त्यसलाई रोकेर पीसीआरकै क्षमता र दायरा बढाउन भनेको हो ।कोरोनाको जोखिम सामना गर्ने अन्य रणनीति निर्माण र कार्यान्वयनमा सरकार अयोग्य र सुस्त देखिएको ठहर गर्दै कांग्रेसले आवश्यक गति बढाउनु पर्ने जनाएको छ ।

स्वास्थ्यकर्मीहरुलाई पर्याप्त पीपीई लगायतका गुणस्तरीय सामग्री उपलब्ध गराउन, स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्ने घटना रोक्न, अस्पतालहरुको हालको क्षमता अधिकतम उपयोग गर्दै जनशक्ति र उपकरण थप्न पनि कांग्रेसले सरकारलाई सुझाव दिएको छ ।

अन्य रोगका बिरामीको उपचारमा भइरहेको कठिनाइ अन्त्य गरेर सहज वातावरण निर्माण गर्न र अत्यावश्यक औषधिका उत्पादन र आयातमा सचेत रहन र क्वारेन्टाइन उचित ब्यवस्थापन पनि गर्नुपर्ने कांग्रेसको ठहर छ ।

प्रकाशित मिति : सोमबार, बैशाख १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij