तिलोत्तमामा कोरोनाको कारण रोकिएको नियमित खोप भोलीबाट सुरु हुँदै

तिलोत्तमामा कोरोनाको कारण रोकिएको नियमित खोप भोलीबाट सुरु हुँदै

तिलोत्तमा ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कोरोनाको कारण रोकिएको नियमित खोप कार्यक्रम भोली अर्थात् शुक्रबारबाट सुरु हुँदैछ । आधारभूत स्वास्थ्य सेवाको रुपमा रहेको नियमित खोप कार्यक्रम भोलीबाट पुनः सुचारु हुने नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले जानकारी दिनुभयो ।
संघीय सरकारको निर्देशनअनुसार कोरोनाको कारण गत महिना तिलोत्तमामा नियमित खोप कार्यक्रम रोकिएको थियो । गत महिना नियमित खोप लगाउने पालोमा रहेका तथा यसबीचमा जन्मिएका बालबालिकाले भोलीबाट सुरु हुने कार्यक्रममा खोप लगाउने उहाँको भनाइ छ । भोलीबाट सुरु भएर वैशाख २३ गतेसम्म चल्ने कार्यक्रममा नियमितरूपमा दिइँदै आएको बिसीजी, डिपीटी, पोलियो, हेपाटाइटिस, रुवेला, दादुरालगायत खोप रहेका छन् ।
स्वास्थ्य शाखाले आफ्नो नजिकको स्वास्थ्य संस्था वा स्वयंम्सेविकासँग सम्पर्क गरी लक्षित बालबालिकालाई खोप लगाउन नगरबासीलाई आग्रह गरेको छ । मानिसको बढी भीडभाड हुने भन्दै गत महिना रोकिएको खोप कार्यक्रम स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षण उपकरण (पिपिई) को व्यवस्था गराई सामाजिक दुरी कायम राख्नेगरी सुचारु गरिएको सिनियर अहेव अधिकृत पौडेलले बताउनुभयो । खोपले विभिन्न रोगबाट बचाउने भएकोले बालबालिकालाई पूर्णरुपमा नियमित खोप लगाउनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

प्रकाशित मिति : बिहिबार, बैशाख १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij