JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देहीको पुर्निहवामा कोरोना संक्रमित फेलापरेपछि आवत जावतमा रोक

रुपन्देहीको पुर्निहवामा कोरोना संक्रमित फेलापरेपछि आवत जावतमा रोक

रुपन्देही
२५ बर्षिय यूवा कोरोना संक्रमित भेटिएपछि रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा न १ को पुर्निहवामा प्रशासनले आउन जान बन्द गराएको छ । मझगावामा रहेको आदर्श उच्च माध्यमिक बिद्यालयको क्वारेन्टीनमा रहेका यूवामा कोरोना पुष्टि भएपछि आवज जावत बन्द गरिएको हो ।

सिल गरिएको उक्त गाउँमा अर्को सुचना नभएसम्म आउ जाउ गर्न नपाइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले जानकारी दिनुभयो । गाउँको चारैतिर प्रहरि परिचालन गरिएको छ । सिल गरिएको ठाउँमा खाद्यान्न तथा अत्याबश्यक सामग्रीको लागि स्थानीय प्रशासनले समन्वय गर्ने छ ।
ति संक्रमितका दाजु लाई सुक्रबार नै र परिवारका अन्य ६ जना सदस्यहरुलाई सनिबार क्वारेन्टीनमा पठाइएको छ । संक्रमित यूवक भारतको दिल्लीबाट ट्रक चढेर बैसाख ५ गते मर्चवारको ठोठरी नाकामा आएका थिए । उनलाई लिन दाजु साइकल लिएर गएका थिए । नेपाल आएपछि उनले आफन्तकोमा खाना खाएका थिए ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर बिनोद गिरीले परिवारका अन्य सदस्यको स्वाव संकलन गरी परिक्षणका लागि पठाइने र कन्ट्रयाक टे«सिङ गरिने बताउनु भयो । कोरोना संक्रमित ति युवालाई बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा राखेर उपचार भइरहेको छ । उनको अबस्था सामान्य रहेको फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिनुभयो ।

कोटहीमाईमा रहेको क्वारेन्टीनमा लकडाउन भएपछि नेपाल भित्रिएका १० जना रहेका छन् । पछिल्लो समय ६ जना थपिएका छन । सुरक्षा व्यबस्था कसिलो बनाइएको प्रशासनले बताएपछि ससाना नाका हुदै नेपाल भित्रनेहरुको संख्यामा कमि आएको छैन । मर्चवार क्षेत्रमा कोरोना संक्रमित भेटिएपछि समग्र रुपन्देहीका बासिन्दा नै आतंकित भएका छन । भारतबाट लुकिछिपी तरकारी तथा अन्य कृषि उपज मर्चवार हुदै बुटवल भैरहवा सम्म आउने गर्दछ ।

प्रकाशित मिति : शनिबार, बैशाख २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij