रुपन्देही
२५ बर्षिय यूवा कोरोना संक्रमित भेटिएपछि रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा न १ को पुर्निहवामा प्रशासनले आउन जान बन्द गराएको छ । मझगावामा रहेको आदर्श उच्च माध्यमिक बिद्यालयको क्वारेन्टीनमा रहेका यूवामा कोरोना पुष्टि भएपछि आवज जावत बन्द गरिएको हो ।
सिल गरिएको उक्त गाउँमा अर्को सुचना नभएसम्म आउ जाउ गर्न नपाइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले जानकारी दिनुभयो । गाउँको चारैतिर प्रहरि परिचालन गरिएको छ । सिल गरिएको ठाउँमा खाद्यान्न तथा अत्याबश्यक सामग्रीको लागि स्थानीय प्रशासनले समन्वय गर्ने छ ।
ति संक्रमितका दाजु लाई सुक्रबार नै र परिवारका अन्य ६ जना सदस्यहरुलाई सनिबार क्वारेन्टीनमा पठाइएको छ । संक्रमित यूवक भारतको दिल्लीबाट ट्रक चढेर बैसाख ५ गते मर्चवारको ठोठरी नाकामा आएका थिए । उनलाई लिन दाजु साइकल लिएर गएका थिए । नेपाल आएपछि उनले आफन्तकोमा खाना खाएका थिए ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर बिनोद गिरीले परिवारका अन्य सदस्यको स्वाव संकलन गरी परिक्षणका लागि पठाइने र कन्ट्रयाक टे«सिङ गरिने बताउनु भयो । कोरोना संक्रमित ति युवालाई बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा राखेर उपचार भइरहेको छ । उनको अबस्था सामान्य रहेको फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिनुभयो ।
कोटहीमाईमा रहेको क्वारेन्टीनमा लकडाउन भएपछि नेपाल भित्रिएका १० जना रहेका छन् । पछिल्लो समय ६ जना थपिएका छन । सुरक्षा व्यबस्था कसिलो बनाइएको प्रशासनले बताएपछि ससाना नाका हुदै नेपाल भित्रनेहरुको संख्यामा कमि आएको छैन । मर्चवार क्षेत्रमा कोरोना संक्रमित भेटिएपछि समग्र रुपन्देहीका बासिन्दा नै आतंकित भएका छन । भारतबाट लुकिछिपी तरकारी तथा अन्य कृषि उपज मर्चवार हुदै बुटवल भैरहवा सम्म आउने गर्दछ ।
प्रकाशित मिति : शनिबार, बैशाख २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्