बुटवल
प्रदेश ५ मा सार्वजनिक लेखा समितिको बैठक बसेको छ ।बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सञ्चालन गरेका बार्षिक कार्यक्रम र हालसम्मको प्रगतिको विवरण प्रस्तुत गरिएको हो ।
बैठकमा बोल्ने सदस्यहरुले पहाडका जिल्लामा सहकारीहरुले रासायनिक मल बढी मूल्य लिई विक्रि गरेको, कृषि एम्बुलेन्स प्रभावकारी नभएको, स्थानीय कृषि उपजको सहज विक्रि तथा ढुवानीमा प्रशासनसँग नियमित समन्वय हुनुपर्ने, मल विउ दानाको समयमै आपूर्तिकालागि प्रयाप्त तयारी गर्नुपर्ने धारणा राखेका छन् ।
उनीहरुले बन्दाबन्दीको समयमा किसानलाई परेको मर्कालाई सम्बोधन गर्दै विदेशबाट आएका नेपालीलाई नियमित रुपमा कृषि उत्पादनमा सरिक गराई प्रोत्साहन गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने बताए ।
।
बैठकले कृषि अनुदानमा दोहोरोपन हुन नदिन, कृषि एम्बुलेन्सको परिचालन अझ बढी व्यवस्थित बनाउन, कागजात पुरा गरीे अन्य व्यक्तिका पशुधन वा कृषि सम्बन्धी कार्य देखाई अनुदान लिने परिपाटी पूर्णतया बन्देज लगाउन, कोरोना प्रभावित क्षेत्रमा किसानको हित हुनेगरी विशेष राहत प्याकेज सञ्चालन गर्ने व्यवस्था मिलाउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई निर्देशन दिएको लेखा समितिका सभापति डिल्ली चौधरीले बताए ।
सो बैटकमा प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र मन्त्रालयका सचिवको समेत उपस्थितिमा थियो ।
प्रकाशित मिति : आइतबार, बैशाख २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्