तिलोत्मा
ऋतु परिवर्तन संगै खेतिपाति लगाउने बिउ छर्ने समयमा किसान हरुले बिउ बिजन रसायनिक मल धान, मकै जस्ता प्रमुख खाद्यान्न बालीहरु रोपण गर्न तयारी गर्नुपर्ने यो उच्च सिजनमा कृषकवर्गले आवश्यक उन्नत बीउ विजन, मल लगाएतका आधारभुत उत्पादन सामाग्रीहरुको प्रवन्ध एवं जोहो गर्न नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २ (क )ले सरकारको ध्यानाकर्षण गराएको छ।
समयमै पर्याप्त मात्रामा गुणस्तरीय रासायनिक र प्राङ्गारिक मलको व्यवस्थापन गरि किषानलाई सहज र उचित विउ विजन को व्यावस्थापन गरिदिन स्थानिय र प्रदेश सरकारलाई नेपाली कांग्रेस रुपन्देही क्षेत्र २(क)ले ध्यानाकर्षण गराएको छ।
कोरोनाको महामारी यसैगरी अझ लामो समयसम्म फैलँदै गएको खण्डमा त झन् नेपालमा मात्र नभै संसारभर नै खाद्य संकट बढ्दै गएर अन्त्यमा भोकमरी कै रुपमा परिणत नहोला भन्न पनि सकिन्न ।
तसर्थ समयमै किषानलाई आवस्यक पर्ने रसायनिक मल साथै विउ विजन को व्यावस्थापन गरि सहज रुपमा विउ उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गराईएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र २( क )का सभापति माधव लाल देवकोटाले बताउनु भयो।


प्रकाशित मिति : मंगलबार, बैशाख २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्