स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न नेकपा सचिवालय बैठक बस्दै

स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न नेकपा सचिवालय बैठक बस्दै

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बिहीबार बस्ने स्थायी कमिटीको बैठकका एजेण्डा तय गर्न बैठक बस्न लागेको हो ।

सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले तयार पारेको सहमतिको प्रस्तावमाथि छलफल गर्ने तयारी छ । यसअघि गएको शनिबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको प्रस्ताव तयार पार्ने जिम्मा प्रचण्ड र महासचिव पौडेललाई दिएको थियो ।

सरकारका काम तथा राजनीतिक दलसम्बन्धी अध्यादेश प्रकरणबारे नेकपाभित्र विवाद छ । स्थायी कमिटी बैठकअघि प्रचण्ड र नेता माधवकुमार नेपाल समूहले हिजो छलफलसमेत गरेका छन् ।

सचिवालय बैठक आज दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बुधबार, बैशाख २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij