जंगली च्याउ खादा पाल्पामा ७ जना बिरामी

जंगली च्याउ खादा पाल्पामा ७ जना बिरामी

पाल्पा ।
प्रदेश ५ का विभिन्न पहाडी जिल्लाहरुमा जंगली च्याउ खाएर बिरामी पर्नेहरुको संख्यामा बृद्धि हुन थालेको छ । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ६ खिल्जीमा जंगली च्याउ खाँदा आमाछोरी मृत्यु भएको छ । त्यसको दुई दिनपछि पाल्पामा जंगली च्याउ खाएर एकै घरका ७ जना बिरामी परेका छन् ।

जंगली च्याउ खाँदा पाल्पा तिनाउका अमरदीप बीसीसहित ७ जना बिरामी भएका हुन् । तिनाउ गाउँपालिका ३ दोभान फूलबारीका बीसी, उनकी श्रमती र आमासहित ७ जना बिरामी भएका छन् ।
उनकी श्रीमती ३१ वर्षीया माया बीसी, ६० वषीया आमा कृष्णा सुनार, ३४ वर्षीय निलमाया सुनार, २० वर्षी दिलिप सुनार, १२ वर्षीय रेखा सुनार र १२ वर्षकै थमन सुनार बिरामी भएका छन् ।

उनीहरुको अहिले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । आज बिहानबाट उनीहरुको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ । यसअघि रुपन्देहीमा पनि च्याउ खाँदा ७ जना बिरामी भएका थिए ।

प्रकाशित मिति : बुधबार, बैशाख २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij