काठमाण्डौ
बिहीबार पीसीआर विधिमार्फत कोरोनाको परीक्षण गराएका सांसदसहित ४४० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
राष्ट्रियसभाका ४५ र प्रतिनिधिसभाका १ सय ७९ गरी २ सय २४ जना सांसद र अन्य कर्मचारीको हिजो नमुना सङ्कलन गरेर पीसीआर विधिमार्फत कोरोना परीक्षण भएको थियो ।
सबैको रिपोर्ट नेगेटिभ आएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय सभाको आजको बैठकमा हिजो परीक्षण गराउनुभएका सांसद मात्रै सहभागी हुनुहुनेछ।
आज पनि सांसदको नमुना सङ्कलन गरिएको छ । उनीहरुको रिपोर्ट बेलुका मात्र आउने छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्