काठमाण्डाै – अमेरिकाले चीनबाट आउने पत्रकारहरुलाई शुक्रबार नयाँ भिसा नियम जारी गरेकाे छ । अमेरिकाबाट चीन जाने पत्रकारहरुसँग गरिएकाे व्यवहारकाे जवाफमा याे कदम उठाइएकाे अमेरिकाले बताएकाे छ ।
त्यसकाे एक महिनापछि अमेरिकाले अमेरिकामा काम गरिरहेका चीन सरकारकाे नियन्त्रणमा रहेका पाँच वटा मिडिया आउटलेट्सलाई विदेशी दूतावासकाे दर्जा दिने बताएकाे थियाे । त्यसकाे एक दिनपछि चीनले वाल स्ट्रीट जनरलका तीन जना पत्रकारलाई निष्कासित गरिदियाे ।
निष्कासित गरिएकामध्ये दुई जना अमेरिकी र एक जना अस्ट्रेलियाली नागरिक थिए । चीनकाे याे फैसलालाई वाल स्ट्रीट जनरलमा छापिएकाे एक लेखसँग जाेडेर पनि देखाइएकाे थियाे । चीनले भने त्याे लेखलाई जातीयताकाे संज्ञा दिएकाे थियाे ।
शुक्रबार नयाँ नियम जारी गर्दै अमेरिकाकाे हाेमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले चीनमा स्वतन्त्र पत्रकारिताकाे दमन भइरहेकाे बताएकाे छ । याे नयाँ नियम साेमबारबाट लागू हुनेछ ।
याे नियम अनुसार चीनबाट आउने पत्रकारहरुलाई ९० दिनसम्म मात्र राेकिन सक्ने अनुमति दिइनेछ, यद्यपि भिसा अवधि बढाउन सक्ने अवधि पनि दिइएकाे छ ।
प्रकाशित मिति : शनिबार, बैशाख २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्