बुटवल
मदीरा व्यवसाय निर्वाधरुपमा संचालन गर्न पाउनुपर्ने माग व्यवसायीहरुले गरेका छन् ।मदीरा ब्यवसायी संघ रुपन्देहीले एक विज्ञप्ती जारी गर्दै लकडाउनको अवस्थामा अत्यावश्यक बस्तुको नाममा विभिन्न मार्ट र किराना पसलहरुले खुलेआम मदीराको विक्री वितरण गरिरहेको साथै अबैध मदीराको कारोबार व्यापक भएकोले व्यवसायीहरु मर्कामा परेको र साथसाथै राज्यको करोडौं राजस्व समेत गुमिरहेकोले निर्वाधरुपमा संचालन गर्न पाउनुपर्ने माग संघले गरेको छ । मदीरा ब्यवसायिका अनुसार ग्रामीण भेगमा अबैध मदीरा उत्पादनमा खाध्यान प्रयोग व्यापक भएकाले भविस्यमा खाद्य संकट समेत उत्पन्न हुन सक्ने दावि गरेका छन ।
मदिरा व्यवसाय बन्द हुँदा अवैध मदिराको बिक्री वितरण बढ्दै गएको संघले जनाएको छ ।
यो परिस्थितिमा राज्यबाट अनुमती लिई सरकारको ऐन नियमलाई पूर्ण पालना गरि राजश्व तिरेर संचालन गरिएको मदिरा व्यवसाय संचालन गर्न पाउनुपर्ने संघको माग रहेको छ ।
संघका अध्यक्ष शम्भु भट्टराई र महासचिव हिमाल भुसालद्धारा जारी विज्ञप्तिमा – ‘आज सम्पूर्ण मदिरा व्यवसावय बन्द हुँदा यस व्यवसायमा संलग्न व्यवसायीले बैंकको ऋण, ब्याज, स्टाफ तलब, घर भाडा, गोदाम भाडा तिर्न नसकी व्यवसायीहरु टाट पल्टने अवस्थामा रहेका उल्लेख गरिएको छ ।
मदीरा व्यवसायमा आश्रीत लाखौं मजदुर तथा उनका परिवारसमेत समस्यामा परेका छन् । देशको कुल राजश्वको २२ प्रतिशत राजश्व तिर्ने यो व्यवसायलाई सरकारले संरक्षण गर्नुपर्छ । साथै लकडाउनको समयमा बैंकको व्याज मिनाहा, बिजुलीको महशुल मिनाहा, विमा प्रिमियममा ५० प्रतिशत छुट, घरबहालमा छुटलगाएत प्रत्यक्ष र अप्रत्यक्षरुपमा व्यवसाय र व्यवसायीलाई परेको मर्काको उचित सम्वोधन होस् भनी यस मदिरा व्यवसायी संघ रुपन्देही जोडदार माग गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै सरकारले लकडाउनको अवधीमा उद्योगी व्यापारीलाई बैकको ऋणमा व्याज छुट दिने भने पनि मदीरा व्यवसायीले नपाएको र सो सुविामा मदीरा व्यवसायीलाई समेटन माग गरिएको छ ।
व्यवसायीले मदीराको व्यापारसंगै कोलड्रिग पनि पर्ने हुनाले सफ ड्रिग पेय पदार्थ र वियर लगायतका तयारी वस्तुको उपयोगको म्याद जाने भएकाले पनि व्यवसायीलाई थप घाटा हुने हुनाले पनि त्यस्ता व्यवसाय संचालनका लागि वातावरण मिलाउन विज्ञप्तिमा माग गरिएको छ ।
प्रकाशित मिति : शनिबार, बैशाख २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्