अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द

अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द

काठमाडौं -मन्त्रीपरिषदको बैठकमा नै प्रधानमन्त्रीले लकडाउन कार्यान्वयनमाथि ब्यङ्ग गरेपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला समेत जान नपाउने गरि लकडाउनलाई कडा बनाएको छ । मन्त्रालयले यस अघि एक जिल्लबाट अर्को जिल्लामा जाने गरी जारी गरेका सबै सवारी पास रद्द गरेको छ ।

मुलुकमा कोरोना ृकोभिड–१९े भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि गृहले यस्तो निर्णय गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि लकडाउन कार्यान्वयनमा कडाइ गरिएको हो ।

‘बिहीबारदेखि लागू हुने गरी जिल्ला क्रस गर्न नपाउने नियम लागु हुने गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।

यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्न पाउने ब्यवस्था थियो । अब सम्बन्धित निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।

मन्त्री परिषदको बैठकमा प्रधानमन्त्रीले मुलुकमा लकडाउन नै नभएको भन्दै अहिले कार्यान्वयन भईरहेको लकडाउनलाई लकडाउन भन्न नसकिने कडा प्रतिक्रिया ब्यक्त गर्नुभएको थियो ।

सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij