थप दुई जनामा कोरोना पुष्टि, बाँके र कपिलवस्तुमा एक एक जना थपिए

थप दुई जनामा कोरोना पुष्टि, बाँके र कपिलवस्तुमा एक एक जना थपिए

काठमाडौं ।
बुधबार थप दुई जना कोरोना संक्रमित थपिएका छन् .काभ्रेको धुलिखेल अस्पतालमा रहेको कोरोना ल्याबमा परीक्षण गर्दा बाँकेको नेपालगन्ज वडा नं। ८ का ३६ वर्षीय युवकमा कोराना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित युवाको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, कपिलवस्तु नगरपालिका ५ निवासी २२ वर्षीय युवामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशमालामा गरिएको परीक्षणमा कपिलवस्तुका युवामा कोरोना पुष्टि भएको थियो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij