स्वास्थ्य मन्त्रालयले त्रुटि सच्यायो, कोरोना सङ्क्रमितको संख्या २५० नभएर २४५

स्वास्थ्य मन्त्रालयले त्रुटि सच्यायो, कोरोना सङ्क्रमितको संख्या २५० नभएर २४५

 काठमाडौं –स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएको छ । यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको मन्त्रालयले फेरि अर्काे सूचना निकालेर संक्रमितको संख्या २ सय ४५ नै रहेको जनाएको छ ।

मन्त्रालयले यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको भन्दै आँकडा सच्याएको हो । मन्त्रालयले धनुषा, महोत्तरी र सर्लाहीका संक्रमित भएका व्यक्तिको बारेमा दुई पटक जानकारी गराएको हो ।

मन्त्रालयले बिहीबार बिहान गरेको नयाँ अपडेटअनुसार कुल २ सय ५० जना संक्रमित भएको जनाएकोमा यी २ सय ५० जनामा दुई दिन अगाडि नै संक्रमित भनिसकिएका धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिका १० लालगढका २० वर्षीया युवती तथा महोत्तरीको जलेश्वर नगरपालिकाका ३५ वर्षीय पुरुष तथा महोत्तरीकै बलवा नगरपालिकाका १६ वर्षीय बालक र सर्लाहीको हरिपूर्वा नगरपालिका ३ धनकौलका ४५ वर्षीय पुरुष भनिएको छ । यी पाँचै जनालाई प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा बुधबारै ल्याइसकिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पनि मन्त्रालयले सार्वजनिक गरेको नयाँ अपडेटमा थपिएका यी पाँच जना पुरानै तथ्य भएको बताएका छन् । ‘हामी यी व्यक्तिलाई आइसोलेसनमा ल्याइसकेका छौं,’ उनले भने, ‘पुरानै तथ्य हालेर अपडेट गरिएको छ ।’

मन्त्रालयले मंगलबार राति धनुषाका २ जना, महोत्तरीका २ जना र १ जना सर्लाहीका संक्रमित भएको जनाएको थियो । महोत्तरीको जलेश्वरका भनिएका ३५ वर्षीय पुरुष जनकपुरधाममा पुस्तक व्यवसाय गर्दै आएका छन् ।

महोत्तरीकै बलबा नगरपालिकाका १६ वर्षीय बालक भारतबाट भागेर आएपछि नगराइनस्थित क्षेत्रीय क्वारेन्टाइनमा राखिएको थियो ।

धनुषाका २० वर्षीया युवती मिथिला नगरपालिका १० लालगढकी हुन् । भारतको राजधानी दिल्लीमा श्रीमान् र छोरासँग बस्दै आएकी उनी गत चैत १ गते नै यहाँ आएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।

जनकपुरधामका ४० वर्षीय पुरुष पत्रकार हुन् भने सर्लाहीको हरिपूर्वा नगरपालिका ३ का ४५ वर्षीय पुरुष मानसिक सन्तुलन ठीक नभएको व्यक्ति हुन् । यी पाँचै जनालाई आइसोलेसनमा ल्याइसकिएको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij