नारायणी अस्पतालमा ९० जना कोरोना संक्रमितको उपचार

नारायणी अस्पतालमा ९० जना कोरोना संक्रमितको उपचार

काठमाडौं
पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा ९० जना कोरोना संक्रमितको उपचार भइरहेको छ। ७५ पुरुष र १५ जना महिलाको त्यहाँ उपचार भइरहेको छ। अस्पतालको आइसोलेसन वार्डमा नअटेर १९ जनालाई सिद्बार्थ स्कुलको क्‍वारेन्टाइनमा राखिएको छ। कोरोना आशंकितलाई राख्न बनाइएको क्‍वारेन्टाइनलाई सेमी आइसोलेसन बनाएर २० जना संक्रमितलाई बुधबार बेलुका सारिएको हो। नारायणी अस्पतालमा ४ महिनादेखि १५ वर्ष सम्मका बालबालिका पनि छन्। त्यहाँ २० देखि ४० वर्षसम्मका संक्रमितले उपचार गराइरहेका छन्। नारायणी अस्पतालमा देशकै सबैभन्दा धेरै संक्रमित रहेको मेडिकल सुपरिटेन्डेन्ड डा‍। मदन कुमार उपाध्यायले बताए। उनका अनुसार पर्साका ८२, बाराका ३, रौतहटका ३, सर्लाहीका १ र भारतीय नागरिक १ जना छन्। सबैजना संक्रमितलाई अस्पताल र विद्यालयको आइसोलेसनमा राखिएको छ। अस्पतालको आइसोलेसनसहितमा ७१ जनालाई राखिएको छ। १९ जनालाई सिद्बार्थ विद्यालयमा राखिएको उपाध्यायले बताए। संक्रमित सबै बिरामीको अवस्था सामान्य रहेको उनले थाहाखबर लाई जानकारी दिए। ुअस्पतालमा सात बेडको आइसियु र २ बेडको भेन्टिलेटर निर्माण गरिएको छ,ु उनले भने। अहिलेसम्म कुनै पनि कोरोना संक्रमित बिरामीलाई आइसियुमा नराखिएको उनले बताए। अस्पतालमा एक सय २५ जनाको चिकित्सकको टोली उपचारमा खटिएको उनले जानकारी दिए। ६(६ घण्टाको सिफ्ट मिलाएर काम गरिरहेको उनले बताएका छन्। उपचारमा संलग्‍न सम्पूर्ण चिकित्सकलाई ुहोटल कन्ट्री इनुमा राखिएको छ। ुअस्पताल भएका कारणले कुनै पनि बिरामीलाई कडाइका साथ राखिएको छैन,ु उनले भने,ु जेल जस्तो गरेर हात खुट्टा बाँधेर राख्ने कुरा भएन। शौचालय फुटाएर भाग्छन् भने अस्पतालले के गर्न सक्छ।ु चिकित्सको काम बिरामीको उपचार गर्ने भएको बताउँदै उनले महामारीमा संक्रमितहरु नै बढी संवेदनशील हुनुपर्ने बताए।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij