वाणगंगा ।
काठमाडौंको महाराजगञ्ज टिचिङ हस्पिटलमा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण देखिएको वाणगंगाकी बालिकालाई दुध बोक्ने गाडीबाट त्यहाँ लगेको पाइएको छ । ठाकुरापुरका स्थानीयले यो कुरा बताएपछि भएको थप अनुसन्धानले यो विषय प्रष्टाएको हो ।
घाँटी दुख्ने व्यथाले च्यापेपछि बालिकाका परिवारले तत्काल बालिकालाई दुध बोक्ने गाडीको सहायता खोजेका हुन् । गजेहडास्थित एक डेरी उद्योगको गाडीबाट उनलाई बैशाख २७ गते बेलुका काठमाडौं उपचारका लागि लगिएको थियो ।
विहानपख एम्बुलेन्सको माध्यमबाट बालिकालाई काठमाडौं उपचारका लागि लगिएको भनिएपनि दिउँसो मात्र दुध डेरी उद्योगको गाडी भएको पाइएको हो । उनलाई कोरोना हस्पिटलबाट हो कि घरबाट लागेको हो अझै खुल्न सकेको छैन् । महाराजगञ्ज हस्पिटलमा यो विषयमा अनुसन्धान भैरहेको जनाइएको छ ।
बालिकाको यसभन्दा अगाडी चार पटक घाँटीको अपरेशन गरिएको थियो । अहिले उनीसंगै हजुरबुवा र आमासंगै छन् भने बुवा रोजगारीको शिलशिलामा भारत रहेका छन् ।
बालिकालाई लु १ क ३२३९ नम्बरको गाडीले काठमाडौं लगेको हो भने गाडीका चालक वाणगंगा ४ का सीताराम थारु रहेको खुलेको छ । बालिकालाई काठमाडौं लैजाने गाडी, चालक र डेरी उद्योगलाई कपिलवस्तु प्रहरीले सिल गरेको छ ।
घरमै रहेकी बालिकालाई उपचारको क्रममा हस्पिटल लैजादा कोरोना संक्रमण देखिए पछि जिल्लामा विभिन्न चर्चा उठ्न थालेको छ । तत्कालै यो विषयको पुष्टि गर्नका लागि महाराजगञ्जका चिकित्सक लागि परेका छन् ।
घर हुँदै उनमा कोरोना संक्रमण भएको पाइए स्थिति झन जटिल हुने अनुमान छ । गाउँमा यी बालिका र यिनका परिवार धेरै जनासंग सम्पर्कमा रहेकाले स्थिति जटिल हुने अनुमान गरिएको हो ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्