सिन्धुपाल्चाेककी सुत्केरीकाे ज्यान जानुको कारण खुल्न बाँकी, मन्त्रालय भन्छ : नतिजा आइसकेकाे छैन

सिन्धुपाल्चाेककी सुत्केरीकाे ज्यान जानुको कारण खुल्न बाँकी, मन्त्रालय भन्छ : नतिजा आइसकेकाे छैन

काठमाण्डौ
सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया एक सुत्केरीको ज्यान जानुको कारण अझै खुलिसकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित बिफ्रिङमा सुत्केरी महिलाको ज्यान जानुको कारण खुल्न बाँकी रहेको जानकारी गराएको हो ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सुत्केरी महिलाको गएको २४ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्राकृतिक रुपमा प्रसूति भएको र २५ गते अस्पतालबाट डिस्चार्ज गरेको जानकारी दिनुभयो । उहाँले डिस्चार्जपछि सुत्केरी महिलालाई घर लगेपछि ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको खुल्न आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘स्वास्थ्यमा समस्या भएपछि सुत्केरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार गराएको तर अवस्था गम्भीर भएपछि काभ्रेको धुलिखेल अस्पताल ल्याउँदै गर्दा ज्यान गएको पाइएको छ ।’
सुत्केरीको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेकोले ज्यान जानुको कारण नखुलेको र रिपोर्ट आएपछि औपचारिक जानकारी गराइने पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताउनुभयो ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij