बुटवल ।
रुपन्देहीको बुटवलमा संचालीत बोलबम फुड प्रोडक्ट एण्ड ट्रेड सेन्टरले आफ्ना कर्मचारीहरुको कारोना बीमा कोभिड १९गरेको छ ।
उद्योगमा काम गर्ने कामदार एवं बजार प्रतिनिधीहरुको कोरोना बीमालेख अन्र्तगत बीमा गरिएको कम्पनीका संचालक एव रुपन्देही उद्योग सँघ बस्तुगत समितीका निर्वतमान संयोजक देबीराम पाण्डेले बताउनु भयो ।
उद्योगले कार्यरत कर्मचारीहरुको प्रति व्यक्ति ५० हजारका दरले पाउने गरी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत कारोना बीमाको बीमालेख जारी गरेको हो । यही बैशाख ७ गते बाट नेपालमा संचालीत बीमा कम्पनीहरुले कोरोना बीमालेख जारी गर्दै आएका छन् । कोरोना बीमा अन्र्तगत कोराना बीमालेख जारी भएको मिती देखी १५ दिन पछि पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखीएमा उक्त व्यत्तिलाई बीमालेखमा उल्लेख भए अनुसारको रकम प्रदान गर्ने गरी बीमा गरिएको हो ।
बर्तमान अवस्थामा कोरोनाको माहामारी विश्वव्यापी रुपमा फैलीएको साथै पछिल्लो समय नेपालका तराई जिल्लामा यसबाट प्रभावितको संख्या बढ्दै गएको र प्रदेश ५ अन्र्तगत कपिलवस्तु र रुपन्देहीमा कोरोना संक्रमितको संख्या दिनानुदिन थपिदै गएपछि आफुहरुले उद्योगमा कार्यरत सम्पुर्ण कर्मचारीको कोरोना बीमा गरिएको उद्योगका प्रबन्धक ई बिशाल पाण्डेले बताउनु भयो ।
बुटवल १० सुख्खानगरमा संचालीत उद्योगले भुजा, दालमोठ लगायतका दैनिक उपभोग्य बस्तुहरुको उत्पादन तथा बिक्रि वितरण गर्दै आएको छ ।
प्रकाशित मिति : शनिबार, जेष्ठ ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्