बुटवल ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले रुपन्देहीका सञ्चारकर्मीहरुलाई ९० हजारको खाद्यान्न सहयोग गरेको छ ।
लकडाउनका कारण उत्पन्न असहज स्थितिलाई मध्यनजर गर्दै समाजले नेपाल पत्रकार महासंघको कार्यालयमा एक कार्यक्रमका बिच खाद्यान्न सहयोग गरेको हो । प्रदान गरिएको खाद्यान्नमा १ हजार २ सय ५० केजी चामल, १०० केजी दाल, ५० लिटर तेल, सावुन सहितको सामग्री छ ।
सो खाद्यान्नसहितको सामग्रीलाइ नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति यानेन्द्र जिसीलाई शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोविन्द खनाल, रुपन्देही शाखा सभापति धनपति खनाल सम्मिलित शान्ति समाजको टोलीले हस्तान्तरण गरेको हो ।
सो अबसरमा बोल्दै शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोविन्द खनालले कोरोना महामारिका बिचमा पनि निरन्तर समाचार सम्प्रेषणका निम्ति मैदानमा खटिने श्रमजिबी पत्रकारको समस्यालाइ समाधान गर्न सानो सहयोगले पनि महत्वपूर्ण काम गर्ने अपेक्षा गरेको बताउनुभयो।
शान्ति समाजको समन्वयबाट भएको सो सहयोगमा साझा हस्पिटल वुटवलबाट रु २९ हजार, शान्ति समाजका सदस्यहरु खेमलाल कंडेलबाट रु१७ हजार, कमल ढुंगानाबाट रु १७ हजार, गणेश पाण्डेबाट रु ११ हजार, ज्ञानप्रसाद खनालबाट रु ११ हजार र शैशव खनालका अभिभावकबाट रु५ हजार सहयोग प्राप्त भएको समाजका रुपन्देही सभापति डीपी खनालले बताउनुभयो।

प्रकाशित मिति : शनिबार, जेष्ठ ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्