सत्ता पक्ष र प्रहरीको मिलोमतोमा काँग्रेसको जग्गामा चल्यो जेसिबी ।।

सत्ता पक्ष र प्रहरीको मिलोमतोमा काँग्रेसको जग्गामा चल्यो जेसिबी ।।

 

कपिलवस्तु्

हामीले सबै भन्दा बढी विश्वास गर्ने निकाय हो प्रहरी संगठन हो । आमनागरिकको सुरक्षा तथा सार्वजनिक स्थलको संरक्षण गर्नु प्रहरीको दायित्व हो। तर प्रहरी कार्यालय नजिकै नै सबैभन्दा ठुलो काण्ड हुदा प्रहरी वेखबर हुनु प्रहरी माथि नै प्रश्न चिन्ह उठछ । अझ कोभिड १९ कोरोना भाइरसले जिल्ला शिल हुदा महाराजगंजमा सत्त पक्ष र प्रहरीको मिलोमतोमा कांग्रेसको जग्गमा जेसिवी चलेको छ । सत्ता पक्ष र प्रहरीको मिलोमतोमा खुलेआम लकडाउनको
खिल्ली उडाएको पाइएको छ ।कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं १ मा रहेको नेपाली काँग्रेसपाटीको जग्गामा दिउँसै जेसीवी लगाएर खडल गरिएको छ । इलाका प्रहरी कार्यालय महाराजगंज नजिकै रहेको उक्त जग्गामा महाराजगंजका केही ठुलाबाडले गर्दा पाटीकार्यालयको जग्गामा माटो खनिएको स्रोतले बताएको छ ।

नेपाली काँग्रेस कपिलवस्तुका पाटी सभापती सुरेन्द्र राज आचार्यले पाटीकोजग्गामा लकडाउनको अवधीमा सत्ता पक्षको सहकार्य र प्रहरीको मिलोमतोमाजेसिवी चल्नु घृणीत कार्य भएको अरोप लगाउनु भएको छ । उक्त जग्गाको माटो
कपिलवस्तु क्षेत्र २ (क) का प्रदेश सभा सदस्य दिर्घ नारायण पाण्डेयको घरमालगिएकोले सुन्नामा आएकोले माननिय जतीको मान्छेले यस्तो गर्न नहुने सभापती आचार्य बताउनु भयो । सत्ता पक्षका माननिय जतीको व्यक्तीले लकडाउनकोविरोध गरेर पाटीको जग्गामा जेसिवि लगाउनु गलत भएको सभापती आचार्यले
बताउनु भयो ।

सभापती आचार्यले भन्नुभयो “यस लकडाउनको पालन गर्नु त परैको कुरा प्रहरीनै यस्तो कार्य गर्छ भने कसको विश्वास गर्ने ।” पाटी सभापती आचार्यले यसविषयमा जिल्ला प्रशासनमा जानकारी गराएपछी इलाका प्रहरी कार्यालय महाराजगंजकासहायक प्रहरी निरिक्षक अशोक श्रीवस्तावलाई जिल्ला तनिएको छ । श्रीवस्तावको
ठाउमा तौलिहवाबाट नया सहयाक प्रहरी निरिक्षक महाराजगंज आएका छन ।यसै विच नेपाल तरुण दल कपिलवस्तुले विज्ञप्ती निकाल्दै दोषीलाई कार्वाही गर्न माग गरेको छ । तरुण दल र नेविसंघले नेपाली काँग्रेसको आफनो नाममा
रहेको जग्गमा उच्च पदस्थ (जन प्रतिनिधी) व्यक्तीले सो जग्गा सगै उनको रहकोजग्गा बन्दको मौका छोपी आफनो घरमा माटो लगेकोले घोर विरोध गरीको छ ।

बन्दको बेला घर बनाउने बहानामा पाटीको नाममा रहेको जग्गाबाट अवैधानिक रुपमा मनोमानी तरिकाले उत्खनन गरि माटो झिक्ने काम भएकोले यस्तो कार्य तत्काल बन्द गर्न माग गरिएको छ । माटो झिक्दा नजिकै रहेको प्रहरी मुखदर्शकसानालाई ऐन ठुलोलाई चैन सरह भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।तत्काल उक्त गल्ती सच्याई दोषी उपर कार्वाही हुनु पर्ने तरुण दल कपिलवस्तु रनेविसंघ क्षेत्र नं १ ले जोडदार माग गरेको नेपाल तरुण कपिलवस्तुका अध्यक्षशक्तीसिहं ठाकुरी र नेविसंघ क्षेत्र नं १ का सभापती चन्दकान्त पोखरेलद्धाराहस्तक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।यता कपिलवस्तु क्षेत्र २ (क) का प्रदेश सभा सदस्य दिर्घ नारायण पाण्डेयलेआफुले बडकनबाट माटो खरिद गरेको बताउनु भयो । प्रदेश सभा सदस्यपाण्डेयले माटो कहाबाट ल्याएको मलाई थाहा नभएकोले यदी पाटीको जग्गाबाटल्याएको भए बडकनसंग सोधपुछ गरी उक्त जग्गामा माटो पटान गर्न लगाउने बताउनु
भयो ।महाराजगंज पचेहरीका गंगोत्री चौधरी बडकन भनिनेको लु १ त ३०३२ नम्बरकोजेसिबीबाट उक्त जग्गा खनिएको हो । गंगोत्री चौधरी बडकनका अनुसार पाटीकोजग्गामा बनेको खडक अहिले पुर्ने काम भैरहेको छ । अब यस्तो कार्य नगर्ने चौधरीले बताए ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij