काठमाण्डौ
सरकारले लिम्पियाधुरासहितको भूमि समेटेर तयार पारेको नक्सा पारित गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए । लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गर्न भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रीपरिषदमा प्रस्ताव पेस गर्नुभएको थियो ।
भारतले आफ्नो नक्सामा लिम्पियाधुरा समेटेको र लिपुलेक हुँदै सडक खनेकोमा नेपालले आपत्ति जनाएको थियो । सुगौली सन्धि र अरु दस्तावेजले लिम्पियाधुरा नेपालमै पर्ने सरकारले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, जेष्ठ ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्