भारतीय नाकाबाट आएकालाई सम्बन्धित जिल्लाकै क्वारेन्टाइनमा व्यवस्थापन गर्नु पर्ने राप्रपा रुपन्देहीको माग

भारतीय नाकाबाट आएकालाई सम्बन्धित जिल्लाकै क्वारेन्टाइनमा व्यवस्थापन गर्नु पर्ने राप्रपा रुपन्देहीको माग

 

रुपन्देही-राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति, रुपन्देहीले बेलहिया नाकाबाट प्रवेश गरेका नेपाली नागरिकहरुको लागि सम्बन्धित जिल्लाकै क्वारेन्टाइनमा व्यवस्थापन मिलाउनुपर्ने माग गरेको छ । पार्टीले रुपन्देहीका नागरिकलाई रुपन्देहीमै व्यवस्थापन गर्न माग गरेको छ ।

राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाले सोमबार विज्ञप्ती जारी गर्दै लकडाउनको स्थिति हुँदाहुँदै पनि रुपन्देही जिल्लामा महामारी एवं कष्टकर आम जनजीवनको सहजीकरणको लागि माग गरेका छन् ।

देशभरी दिनानुदिन कोरोना भाइरस संक्रमणको संख्या बढ्दै गएकोले रुपन्देही जिल्लाभरी अधिकतम स्वास्थ्य परीक्षण , टेस्ट जाँचको व्यवस्था मिलाउनुपर्ने पार्टीले माग गरेको छ । रुपन्देही भित्रकै कृषकहरुले उत्पादन गरेका फलफूल, तरकारी लगायतका उत्पादनहरुलाई स्थानीय बजारमै कृषकहरुलाई पायक पर्ने उपयुक्त स्थान तोकी व्यापार व्यवस्थापन गरी नेपाली उत्पादनबाट प्रयाप्त नभएमा मापदण्ड पुरा गरी अन्य स्थानबाट आयात गर्नुपर्ने राप्रपा रुपन्देहीको माग छ ।

साविक लुम्बिनी अञ्चलकै अन्न भण्डारको रुपमा परिचित रुपन्देहीका कृषकहरुका लागि आगामी दिनमा उत्पादनका लागि सहज एवं आवश्यक मलखाद तथा बिउबिजनको अविलम्ब व्यवस्थापन मिलाउनुपर्ने पार्टीले विज्ञप्तीमार्फत माग गरेको छ ।

त्यस्तै लकडाउनमा आर्थिक स्थिति अस्तव्यस्त परिरहेको अवस्थामा अतिविपन्न मजदुर परिवार एवं मध्यम वर्गका परिवारलाई समेत अप्ठयारो भइरहेकोले सीमालाई अझ बढी कडाइका साथ निगरानी गरी जिल्लाभरी वैकल्पिक आयआर्जनको स्रोतसहित रोजगारी सिर्जना गरिनुपर्ने राप्रपाको माग छ ।

महामारीको संक्रमण विरुद्धको लडाइमा मानव जीवनको रक्षाको लागि युद्धरत अग्रपंक्तिमा उच्च मनोबलका साथ रहेर खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार एवं संघ–संस्थाप्रति उच्च सम्मान गर्दछौं, विज्ञप्तीमा भनिएको छ ।

त्यस्तै कोरोना भाइरसको कारणबाट विभिन्न स्थानहरुमा उपचार्थ क्वारेन्टाइन र आइसोलेशनमा रहेको संक्रमितहरुको लागि आवश्यक सामाग्रीहरुको अभाव हुन नदिन पार्टीले सरकार समक्ष माग गरेको छ ।

त्यसै गरी विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड–१९ कोरोना भाइरसको कारणबाट ज्यान गुमाउने नेपालीहरुप्रति पार्टीले विज्ञप्तीमार्फत श्रद्धाञ्जलीसहित शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै विभिन्न स्थानमा उपचार्थ रहेका नागरिकको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij