सम्बोधन गर्दै गर्दा प्रधानमन्त्रीलाई उभिन गाह्रो भएपछि

सम्बोधन गर्दै गर्दा प्रधानमन्त्रीलाई उभिन गाह्रो भएपछि

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा उभिन गाह्रो भएपछि कुर्सीको व्यवस्था गरिएको छ ।

मंगलबार संसद्मा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेक्रममा ओलीको स्वास्थ्यमा समस्या देखिएको हो ।

खुट्टामा समस्या देखा परेपछि ओलीले सभामुखलाई आफूलाई उभिन गाह्रो भएको बताएका थिए । ‘सभामुखज्यू मलाई उभिएर बोल्न गाह्रो भयो । स्वास्थ्यका कारण गाह्रो भयो । अपरेसन गरेकाले समस्या भएको छ,’ उनले भने ।

प्रधानमन्त्रीलाई गाह्रो भएपछि सभामुख अग्निप्रसाद सापकोटाले संसदका महासचिवलाई कुर्सीको व्यवस्था गरिदिन निर्देशन दिएका थिए ।

रोष्ट्रममा उभिएर सम्बोधन गरिरहेका प्रधानमन्त्रीलाई कुर्सीको व्यवस्था गरिएपछि उनले निरन्तर सम्बोधन गरिरहेका छन् ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij