स:शुल्क कोरोना परीक्षणको तयारी गर्दै सरकार

स:शुल्क कोरोना परीक्षणको तयारी गर्दै सरकार

काठमाडौं
अबदेखि स्वदेशी तथा विदेशी नागरिकले स(शुल्क कोरोनाको पिसिआर परीक्षण गर्न पाउने भएका छन्। सार्वजनिक अस्पतालमा लामबद्ब भएर समय खेर फाल्न नचाहनेहरुका लागि स(शुल्क कोरोना परीक्षण गर्ने तयारी गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमितको संख्या बढदै गएकोले कोही कसैले स्वेच्छाले परीक्षण गर्न चाहेमा सरकारी अस्पतालको प्रयोगशालामा गएर परीक्षण गर्न पाउने व्यवस्था मिलाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए। यसअघि कसैले चाहँदैमा परीक्षण गर्न नपाइने व्यवस्था थियो। ‘पिसिआर परीक्षणका लागि शुल्क निर्धारण भने भएको छैन,’थाहाखबरसँग उनले भने,’ निश्चित रकम लागे पनि सुविधा दिन्छौं, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यसको मूल्य तोक्छ। सबै परीक्षणको मापदण्ड तयार हुन्छ, तब मात्र शुल्क घोषणा गरिन्छ।‘ कोरोना परीक्षण गर्न चाहने मानिसलाई अब रोक्न नहुने भन्दै परीक्षणको दायरा फराकिलो बनाउन यो व्यव्था ल्याइएको उनले बताए। नागरिकले आफूमा कोरोना भएको शंका पालेर बस्न नपरोस् भन्ने उद्देश्यले सजिलो बाटो खोल्न लागिएको उनले जनाए। परीक्षण सामग्री महँगो भएकोले पनि शुल्क लिने बताइएको छ। ुसामग्री अभाव छ पर्याप्त मात्रा पनि पाइएको अवस्था छैन सबैलाई मिलाएर परीक्षण गर्ने तयारी गरिरहेका छौं,ु प्रवक्ता अधिकारीले बताए। निशुल्क परीक्षण गराउन अहले पनि प्रयोगशाला जानुपर्छ तर त्यहाँ धेरै समय लाग्ने गरेको छ। समयको बचत गर्ने पनि यो परीक्षणले सहयोग गर्नेमा उनले विश्वास दिलाए।

प्रकाशित मिति : बुधबार, जेष्ठ ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij