बुटवल
प्रदेश नं ५ सरकारले आर्थिक वर्ष २०७७-०७८ को नीति कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ ।
प्रदेश ५ को मन्त्री परिषदको विहिवार वसेको वैठकले प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएकोमा उहाँले पाउनुपर्ने बीमा बापतको १० लाख रुपैंया प्रदान गर्ने निर्णय गरेको छ ।
मन्त्री परिषदको बैठकले तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन केन्द्र बनाउने , आइसोलेसन केन्द्रमा पिसिआरबाट पोजेटिभ देखिएका र कोभिड १९ को लक्षण नदेखिएका बिरामीलाई राख्ने र आइसोलेसन केन्द्र बनाउन कोभिड कोषबाट रकम दिन निर्णय गरेको छ ।
त्यसैगरि यही जेठ १५ गते गणतन्त्र दिवसमा दिपावली गर्ने निर्णय गरेको मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेर बहादुर केसीद्धारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्