पुलिङ टेष्ट र कोभिड–१९ : मापदण्ड र सुझाव

पुलिङ टेष्ट र कोभिड–१९ : मापदण्ड र सुझाव

बुटवल

विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणले निम्त्याउने रोग “कोभिड–१९” विरुद्ध निःस्वार्थ सेवामा खटिरहेका स्वास्थ्यकर्मी, सरकारी अधिकारीहरु र अनुसन्धानकर्तालाई तहसनहस बनाइरहेको छ । हालको अवस्थामा हेर्ने हो भने विश्वभरिका प्रायः सबै राष्ट्रहरु संक्रमित भएको पाइन्छ । यो भाइरसको संक्रमण भए÷नभएको पत्ता लगाउन प्रयोगशालाकर्मीहरुले प्रयोग गरिरहेको “पि.सी.आर.विधि” ले निकै महत्वपूर्ण भूमिका खेलिरहेको छ । तर आवश्यक स्रोत–साधनको कमीले र त्यसमाथि नमूनाहरुको अत्याधिक चापले कोरोना संक्रिमत भए–नभएको तथ्याकं छुट्टाउन गाह्रो भइरहेको छ । यो महामारीको अवस्थामा संघर्षरत विभिन्न देशका प्रयोगशाला विज्ञहरुले छिटो छरितो र एक पटकमा धेरै भन्दा धेरै नमूनाको परीक्षण गर्न पुलिङ टेष्ट विधिको प्रयोग गरिरहेको पाइन्छ । हाम्रो देशका विभिन्न स्थानमा प्रयोग भइरहेको “पिसीआर विधि” लाई पनि यो पुलिङ टेष्टमा संचालन गर्न सकेमा संक्रमित र संक्रमित नभएकाहरुको तथ्यांक निकाल्न सकेमा कोरोना भाइरस विरुद्धको लडाईमा केही हदसम्म सजिलो हुनेछ ।
पुलिङ टेष्ट १९४३ मा भिरिड्डी जाँचको लागि विश्वयुद्ध–२ का सैनिकमा प्रयोग भएको पाईन्छ । त्यसपछि भने यसलाई राम्रो विधिको रुपमा ब्लड बै.क साथै एभियन फ्लुमा प्रयोग गरिदै आएको पाइन्छ । यो पुल टेष्ट परीक्षण एल्गोरिथमा थुप्रै व्यक्तिहरुको नमुनाहरुलाई एक टेष्ट ट्युबमा सँगै राखेर त्यसबाट “न्यूक्लिक एसिड” आइसोलेसन गरिन्छ । त्यो पुल “न्यूक्लिक एसीड” नमूनालाई “पिसीआर” परीक्षणको माध्यमबाट जाँच गरिने प्रयोगशाला विधि नै पुलिङ टेष्ट हो । यदि पुलिङ टेष्टमा पोजेटिभ परिणाम आउँछ भने प्रत्येक नमूनाहरु छुट्टाछुट्टै परीक्षण गरिन्छ। जसलाई प्रयोगशाला भाषमा क्लष्टर डिकोन्भोलसन भनिन्छ । यसरी प्रयोग गरिएका नमूना जाँचबाट नेगेटिभ परिणाम आएमा भने पूल टेष्टमा परीक्षण गरिएका नमूनाहरु नेगेटिभ मानिन्छ ।
किन पूल परिक्षण गरिन्छ ?
 पर्याप्त लागत र परीक्षण किटहरु बचत गर्न ।
 थोरै जनशक्तिको प्रयोगमा परीक्षण दायरा बढाउँदै समय बचत गर्न ।
 लक्षण नभएका केशहरुको अनुगमन गरी समुदायलाई दोस्रो प्रकोपको पूर्वानुमान गर्न । संक्रमणको संख्या बढीरहेको अवस्थामा सीमित परीक्षण किटहरुको प्रयोगमा परीक्षण संख्या बढाउने अवस्थामा ।

पुलिङ परीक्षण विधिको उक्त नमूना

 

पुलिङ टेष्टका केही आवश्यक मापदण्ड
प्रिवलनस वा पोजेटिभ टेष्ट दरको आधारमा पुलिङ टेष्ट गर्ने नगर्ने तय गर्नु पर्छ । केही खोजपत्र अध्ययनको अनुसार पुलिङ टेष्ट गर्दा २–५ वटा नमूनाहरु सँगै पूल गर्न सकिन्छ । ५ भन्दा बढी पूल गर्दा नमूनाको मात्रा कम पर्न जान्छ र एउटा नमूनाले अर्काे नमूनालाई कमजोर पार्न सक्ने सम्भावनाले गर्दा पीसीआरको नतिजा फल्स–नेगटिभ आउन जान्छ ।

संक्रमित केश                    सुझाव
२% भन्दा कम          पुलिड्ड टेष्ट गर्न सकिन्छ ।
संक्रमित दर बढेको बारे अध्ययन गर्न सकिन्छ ।
२% देखि ५%       पुलिङ टेष्ट सामुदायिक सर्वेक्षणको लागि प्रयोग गर्न सकिन्छ ।
पुलिङ टेष्ट विना लक्षणका व्यक्तिहरुको निगरानी गर्न सकिन्छ ।
लक्षण देखिएको मानिसहरु, उच्च जोखिम समूहहरु रस्वास्थ्यकर्मी नमूना पुलिङ गर्नु आवश्यक पर्दैन ।
५% भन्दा माथि      पुलिङ टेष्ट गर्नु सुझाव गरिएको छैन् ।

यसरी यो विधिलाई हाम्रो देश नेपालमा रहेका वार्ड, क्षेत्र र सुमदायमा प्रयोग गरीएको खण्डमा थोरै किटको खपतमा कोराना भाइरसको संक्रमण भए नभएको पत्ता लगाई सो समूहलाई कोराना भाइरसबाट बचाउन केहि हद सम्म सजिलो हुनेछ ।

(राम बहादुर खड्का माइक्रोबायोलोजिष्ट, असिष्टेन्ट प्रोफेसर क्रिमशन कलेज अफ टेक्नोलाजि ,मायादेवी टेक्नीकल कलेज  बुटवलमा कार्यरत हुनुहुन्छ भने डा. रुपेन्द्र श्रेष्ठ क्लिनिकल मोलिक्युलर जेनेटिसिष्ट पोष्ट–डोक, अल्बर्ट आइन्सटैन कलेज अफ मेडिसिन न्यूयोर्क अमेरिकमा कार्यरत हुनुहुन्छ ।)

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij