काठमाण्डौ
सरकारले भारतसँग कुटनीतिक वार्ताको माध्यमबाट नै आफ्नो जमिन फिर्ता लिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले सीमा विवादको विषय अहिले नै अन्तर्राष्ट्रियकरण गर्न आवश्यक नरहेको भन्दै कुटनीतिक वार्ताको माध्यमबाट नै आफ्नो जमिन फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री तथा सूचना एवम सञ्चार मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।
नेपाली नक्सामा समेटिएको क्षेत्र फिर्ता ल्याउन नेपालसँग यथेष्ट प्रमाण रहेको पनि उहाँले बताउनुभयो । मन्त्रिपरिषद्ले देशको निशान छाप परिवर्तन गर्न संविधान संशोधन गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले निशान छाप परिवर्तनका लागि नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्ने निर्णय गरेको हो । नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा संशोधन गरेकोले निशान छाप संशोधन गर्नुपर्ने भएको हो ।
यस्तै बैठकले केही अध्यायदेश खारेज गरी नेपाल ऐनको पहिलेको व्यवस्था जगाउने अध्यायदेश २०७७ लाई प्रतिस्थापन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
यसैगरी इस्लाम धर्मावलम्बीको पर्व ईदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको पनि मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्