बाँके – नेपालगञ्जका २१ जना कोरोना सङ्क्रमण निको भएरघर फर्किएका छन् ।
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका १२ पुरुष र ९ जना महिला गरी २१ जना निको भएर घर फर्किएका हुन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण निको हुने ७० जना पुगेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ मा पहिलो सङ्क्रमण भेटिएका ६० वर्षका पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २१ जनालाई कोरोना सङ्क्रमण निको भएपछि घर पठाइएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाश थापाले जानकारी दिनुभयो ।
अस्पतालमा अरु ६ जनाको उपचार भइरहेको छ ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्