थप ३२ जनामा कोरोना संक्रमण, ५४८ पुग्यो संक्रमितको संख्या

थप ३२ जनामा कोरोना संक्रमण, ५४८ पुग्यो संक्रमितको संख्या

काठमाण्डौ – नेपालमा आज थप ३२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै सङ्क्रमितकाे सङ्ख्या ५ सय ४८ पुगेकाे छ ।

राष्ट्रिय प्रयाेगशाला टेकु काठमाण्डाै, प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला भैरहवा र भरतपुर अस्पतालकाे काेभिड १९ प्रयाेगशालामा गरिएकाे परीक्षणमा थप ३२ जना सङ्क्रमित पुष्टि भएका हुन् ।

नयाँ थपिएकाहरुमा कपिलवस्तुकाे वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षका पुरुष तथा २७ वर्षकी महिला, सर्लाहीकाे गाेडैता, कविलासीका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षका पुरुष रहेका छन् । त्यसैगरी, बारकाे करैयामाइ गाउँपालिकाकी ३७ वर्षीया महिला, काठमाण्डाैका ३५ वर्षाीय पुरुष, रुपन्देहीकाे गैडहवा र राेहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षका पुरुष तथा चितवनकाे भरपुर-६ का ५२ वर्षीय पुरुष रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रनलयले जनाएकाे छ ।

 

प्रकाशित मिति : शनिबार, जेष्ठ १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij