कपिलवस्तुमा आज थपिएका ८ कोरोना संक्रमित मध्ये एक जनप्रतिनिधि र एकजना पत्रकार

कपिलवस्तुमा आज थपिएका ८ कोरोना संक्रमित मध्ये एक जनप्रतिनिधि र एकजना पत्रकार

बुटवल ।

कपिलवस्तुमा शनिबार थप भएका ८ जना कोरोना संक्रमित मध्ये एकजना जनप्रतिनिधि र एकजना पत्रकार रहेका छन्  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार पुष्टि गरेका ३२ जना संक्रमितमध्ये कपिलवस्तुका ८ जना हुन् ।
‘आठजना संक्रमितमध्ये एकजना ४० वर्षका जनप्रतिनिधि र एकजना २७ वर्षका पत्रकार पनि हुनुहुन्छ’ कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले भने ।यस्तै कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नं ३ का अन्य संक्रमितमा १९ वर्षका पुरुष, वडा नं ८ का २५ बर्षका पुरुष, वडा नं १० का ३५ वर्षका पुरुष, वडा नं ११ का ४२ वर्षका पुरुष रहेका छन् ।
यस्तै बुद्धभुमि नगरपालिका वडा नं ४ का १७ वर्षकी युवती र २२ वर्षका पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको हो । उनीहरुको स्वाब जेठ ४ र ५ गते वाणगङ्गा नगरपालिकाको सिद्धार्थ क्याम्पसबाट संकलन गरिएको थियो ।

प्रकाशित मिति : शनिबार, जेष्ठ १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij