काठमाडौं – सरकाले इस्लाम धर्मावलम्बीहरूले मनाउने पर्व इद उल फित्रको अवसरमा दिएको बिदा भोलिलाई सारेको छ ।
गएराति अबेर गृह मन्त्रालयले सूचना सच्याउँदै सार्वजनिक बिदाको दिन परिवर्तन गरेको हो ।
मन्त्रालयका शाखा अधिकृत गणेश तामाङको हस्ताक्षरमा जारी सूचनामा आजको सट्टा भोलि, १२ जेठमा बिदा कायम गरिएको जनाइएको छ ।
नेपाल र दक्षिण एशियाभरबाट हिजो, १० जेठमा चन्द्रमा नदेखिएका कारण उक्त पर्व भोलि मनाउने निर्णय भएकोले बिदाको दिन परिवर्तनका लागि मुस्लिम आयोगबाट अनुरोध भइ आए बमोजिम भोलिलाई बिदा सच्याइएको मन्त्रालयले जनाएको छ ।
९ जेठको मन्त्रिपरिषद्को निर्णय बमोजिम यसअघि सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्