कपिलवस्तु
सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका तीनै जना संक्रमित भारतबाट आएको खुलेको छ । कपिलवस्तुको शिवराज नगरपालिकामा सोमबार थप तीन जनामा कोरोना पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएका सबै बैशाख अन्तिम हप्ता भारतबाट आएको खुलेको नगरपालिकाले जनाएको छ । नगरको वडा नं. ५, ६ र ७ का यी संक्रमित नेपाल आएलगत्तै क्वारेनटाइनमा आएको नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिनुभयो ।
यसभन्दा अगाडी भेटिएका तीन जना संक्रमितलाई थप उपचारका लागि दाङको बेलझुण्डी बढाइएको भएपनि आज भेटिएकालाई नगरभित्रै स्थापना गरिएको क्वारेनटाइनमा राख्ने तयारी भैरहको नगर प्रमुख अधिकारीले बताउनुभयो ।
पहिलेको सरकारी छालाफैक्ट्री रहेको स्थानमा सञ्चालन भएको रिपोर्टमा ४८ बेडको आइसोलेशन सेन्टर बनाइएको उहाँले बताउनुभयो ।
यसभन्दा अगाडी जेष्ठ ३ गते शनिबार तीन जना मध्ये दुई जना वडा नं. ८ विशुनपुरका थिए भने अर्का संक्रमित वडा नं. ११ थुँनियाका रहेका थिए ।
अहिलेसम्म नगरका झण्डै अढाई सय जनाको पिसीआर परिक्षण गरिएको छ । जसमध्ये केहिको रिपोर्ट अझै आउँन बाँकी रहेको छ । नगरभित्र अहिले ६ सय जना क्वारेनटाइनमा रहेका छन ।
प्रकाशित मिति : सोमबार, जेष्ठ १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्