काठमाडौं- विश्वमा कोरोना भाइरस संक्रमणबाट हाल सम्म ३ लाख ५१ हजार बढीको मृत्यू भएको छ ।
५६ लाख ७८ हजारभन्दा बढी संक्रमित भएका छन् ।
यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९४ हजार २ सय २४ नयाँ संक्रमित थपिएका छन् ।
योसँगै संक्रमितको संख्या ५६ लाख ७८ हजार १४६ पुगेको हो ।
यस्तै एकैदिन अरू ४ हजार २५ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ५१ हजार ६६७ पुगेको छ ।
विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २४ लाख २८ हजार १ सय ३२ जना संक्रमण मुक्त भएका छन् ।
वुधबार बिहान सम्ममा कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार ६०१ जनाको मृत्यु भएको छ ।
१९ लाख ३४ हजार ८१ जना संक्रमित भएकोमा ९ लाख १२ हजार ५५८ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १६ हजार १३६ जनाको मृत्यु भएको छ ।
संक्रमितको संख्या १९ लाख २६ हजार ४९२ पुगेको छ । त्यसमध्ये ५ लाख ९३ हजार ८२७ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति : बुधबार, जेष्ठ १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्