रोट्रयाक्ट क्लव अफ बुटवल साउथको अध्यक्षमा कृष्ण भुसाल

रोट्रयाक्ट क्लव अफ बुटवल साउथको अध्यक्षमा कृष्ण भुसाल

सैनामैना-रोट्रयाक्ट क्लव अफ बुटवल साउथमा नयाँ कार्य समिति चयन गरिएको छ । क्लवका अध्यक्ष बाल कृष्ण शर्माको अध्यक्षतामा आज बिहान बसेको अनलाइन भर्चुअल बैठकले सन् २०२०÷०२१ का लागि ‘बिबिधतामा एकता’ भन्ने नारा सहित कृष्ण भुसालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।

जसको निर्वाचित अध्यक्षमा अमृत भुसाल, उपाध्यक्षहरुमा सुजन खड्का, भुपेन पाण्डे,सचिवमा सुविन खड्का, कोषाध्यक्षमा सुदिप पौडेल, सह–सचिवमा अभिषेक पाठक र सह–कोषाध्यक्षमा तुल्सीराम भण्डारी चयन हुनुभएको छ ।

यसैगरी हेड अफ डाइरेक्टरमा अनन्त अग्रहरी, क्लव सर्भिस डाइरेक्टरमा युवराज बन्जाडे, कम्युनिटी सर्भिस डाइरेक्टरमा युवराज अर्याल, प्रोफेसनल सर्भिस डाइरेक्टरमा मनोज सुबेदी र इन्टरनेशनल सर्भिस डाइरेक्टरमा बिजय गुप्ता रहनुभएको छ ।

क्लवले सर्जेन्ट एट आम्स फस्टमा पबित्रा पन्थी, क्लव प्रोमोसन अफिसरमा सुम्निमा श्रेष्ठ, खेलकुद कोर्डिनेटरमा प्रथम पराजुली, इन्ट्रयाक्ट कोर्डिनेटरमा कृष्ण घिमीरे, इडिटरमा रोशनी भण्डारी र सर्जेन्ट एट आम्स सेकेन्डमा ऋषिराम हितानलाई चयन गरिएको क्लवले जनाएको छ ।

त्यस्तै बैठकले सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकारहरु क्लवका पुर्व अध्यक्ष प्रकाश खरेल, संस्थापक अध्यक्ष विवेक प्रधान, रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष प्रेम भुर्तेल, पुर्व अध्यक्षहरु धुब्र के.सी, रितेश ज्ञवाली,बालकृष्ण भण्डारी र दिपा पाठक, जोन १२ का जोनल रोट्रयाक्ट रेप्रिजेन्टेटिभ मिलन भण्डारी लगायतले नयाँ कार्य समितिलाई बधाइ तथा शुभकामना व्यक्त गर्नुभयो ।

रोट्रयाक्ट क्लव अफ बुटवल साउथ रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान ( रोट्रयाक्ट नेपाल ) को जोन १२ मा रहेको छ ।

‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने उद्देश्यले स्थापित यस क्लवले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij