दोषीलाई कारबाहीको माग

दोषीलाई कारबाहीको माग

बुटवल– परियार सेवा समाज रुपन्देहीले जेठ १४ गते बुधबार एक प्रेस विज्ञप्ती प्रकाशित गरी रुकुम पश्चिममा भएको जघन्य अपराधको घोर भत्र्सना गरेको छ ।
परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपालीले जेठ १० गते जाजरकोटको भेरी नगरपालिका वार्ड नं.४ राना गाउँ निवासी नवराज विक. र रुकुम पश्चिम चौरजहारी ८ सोतीकी सुष्मा मल्ल बीच प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने क्रममा नवराज विकसहित ३ जनाको कुटपिटबाट मृत्यु भएको थियो ।
उक्त घटनामा अन्य ३ जना भेरी नदीमा बेपत्ता भएको र केही घाइतेप्रति परिवार सेवा समाज रुपन्देही समितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा बताइएको छ ।
त्यस्तै विज्ञप्तीमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक नेपालमा दलित समुदायले जातीयताकै कारण भोग्नुपर्ने पिडा र नियतिले आज सिङ्गो दलित समुदायलाई अत्यन्त दुःखि र मर्माहत भएको बताईएको छ ।
प्रेमलाई बेवाहिक जीवनमा परिणत गर्नु मान्छेको नैर्सगिक अभिकार हुदाँपनि जातियताकै कारण विभत्स हत्या हुनु अत्यन्तै निन्दनीय भएकोले हत्या गर्ने हत्यारा र उक्त घटनामा संलग्नहरुलाई कडा भन्दा कडा कारवाही गरी पिडितलाई न्याय,क्षतिपूर्ती र सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न संघ सरकार समक्ष जोडदार माग गर्दछ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij